अर्थ/वाणिज्य

अख्तियारले समायो १ लाख घुससहित पूर्व कर्मचारी

बारा, १६ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयबाट गएको टोलीले बाराले मालपोत कार्यालय बाराका एक जना पूर्व कर्मचारीलाई घुस रकमसहित सोमबार पक्राउ गरेको छ । सो कार्यालयका मुद्दा फाँटका पूर्व करार कर्मचारी हरिमोहन सिंह क्षेत्रीले सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस लिँदै गरेको समयमा पक्राउ गरिएको हो ।...

नेपालमा सबैभन्दा बढी रेमिट्यान्स अमेरिकाबाट

नेपालमा सबैभन्दा बढी रेमिट्यान्स अमेरिकाबाट आएको छ । आर्थिक वर्ष २०७५र७६ को ११ महिनामा यस मुलुकबाट एक खर्ब ८१ अर्ब ४७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । डाइभर्सिटी भिषा (डीभी)का साथै विद्यार्थी भिसामा अमेरिका जाने क्रम बढ्दै गएपछि त्यसको प्रभाव रेमिट्यान्समा परेको हो । नेपालमा भूकम्पपछि सन् २०१५ को...

पूर्वमन्त्री तथा कांग्रेस नेता बस्नेतको ६१ करोड रुपैयाँ स्रोत नखुलेको सम्पत्ति सहकारीमा

राजधानीको महाबौद्धस्थित प्रणामी बचत तथा ऋण सहकारी संस्थामा स्रोत नखुलेको रकम भेटिएको छ । सहकारीमा कांग्रेस नेता मोहनबहादुर बस्नेतको ६१ करोड रुपैयाँ स्रोत नखुलेको सम्पत्ति भेटिएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वसञ्चारमन्त्रीसमेत रहेका बस्नेतले प्रणामी सहकारीमा राखेको उक्त रकमको अध्ययन सुरु गरेको छ । विभागले सो रकम झिक्न...

भिसा दस्तुरको करोडौँ रकम हिनामिना

विदेशस्थित कुटनीतिक नियोग, अवैतानिक दूतावास वा दूतले जारी गर्ने नेपाल प्रवेशको भिसा स्टिकरबापत उठ्ने करोडौँ रुपैयाँ दस्तुर हिनामिना भएको छ। चालु आर्थिक वर्षमा मात्रै विदेशस्थित ३९ नियोग र त्यसअन्तर्गतका ५० भन्दा बढी अवैतनिक दूतद्वारा जारी करिब २ लाख प्रवेश भिसा(स्टिकर)मध्ये आधाभन्दा बढीको राजस्व दाखिला भएको छैन। भिसा स्टिकरको हिसाबकिताव...

व्यवसायी सुमार्गीसँग तु खबरको विशेष वार्ता – ‘मुआब्जा नदिई २५ मिटरभित्रको संरचना भत्काउन खोजे डोजरमा आगो बल्छ ’

मकवानपुर २४ असार । नेपाल  उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा चर्चित व्यवसायी अरुणराज सुमार्गीले २५ मिटर सडक विस्तार गर्नुअघि राज्यले घरधनीलाई मुआब्जा दिनुपर्ने बताएका छन् । आज तु खबरसंग कुराकानी गर्दै उनले मुआब्जा नदिई सडक विस्तारको काम अघि बढाइएमा स्वभाविक रुपमा डोजरमा आगो बल्ने उनको चेतावनी थियो ।...

१६ मिटरमात्र भत्काए मुआब्जा चाहिँदैन, २५ मिटर भत्काउने हो भने मुआब्जाबिना हुँदैन : कटुवाल

मकवानपुर, २० असार । मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष तथा हेटौंडा बसोबास संरक्षण समितिका अध्यक्ष कृष्ण कटुवालले सडक बिस्तारको काम न्यायोचित तरिकाले गर्न माग गरेका छन् । तु खबरसँग कुराकानी गर्दै अध्यक्ष कटुवालले विकासको बाधक आफूहरु नभएको दोहोर्याउँदै मुआब्जा दिन सक्ने अवस्थामा सरकार नभए १६/१६ मिटरमात्र भत्काउन आग्रह गरेका...

मन्त्री यादव किन आउँदैछन् हेटौंडा ?

मकवानपुर । उद्योगमन्त्री मातृका प्रसाद यादव आज हेटौंडा आउने भएका छन् । हेटौंडा – ९ मा  बनेको क्यालिव्रशन टावर आज उद्घाटन गर्न मन्त्री यादव आउने भएका हुन् । तेल ट्याङ्करहरुको तेल नाप्न बनाइएको क्यालिव्रशन टावरको उद्घाटन गर्न मन्त्री यादव आउन लागेको व्यवसायी उत्सव इटेनीले जानकारी दिएका छन् । नाप...

प्रदेशसभा बैठकमा नेकपा नेतृ सिग्देलले सुनाइन् यस्तो कथा

मकवानपुर १२ असार । नेकपा मकवानपुरकी अध्यक्ष एवं प्रदेशसभा सदस्य मुनु सिग्देलले प्रदेश सरकारले ल्याएको आगामी आर्थिक बर्ष ०७६/०७७ बजेट माथि आफ्नो धारणा सार्वजनिक गर्ने क्रममा एउटा कथा सुनाएकी छिन् । उनले प्रदेश सरकारले ल्याएको बजेटमाथि आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो कथा सुनाईन् । ‘गाउँमा २ दाजुभाईलाई भिन्द हुनपर्ने...

बर्डफ्लु नियन्त्रणमा आएपछि प्रजिअ तामाङले भने – निर्धक्क कुखुराको मासु र अण्डा खानुहोस्

मकवानपुर ११ असार । मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले  मकवानपुर बर्ड फ्लु मुक्त जिल्ला भएको बताएका छन् । आज तु खबरसंग कुराकानी गर्दै जिल्ला बर्ड फ्लु रोग नियन्त्रण प्राविधिक समितिका संयोजक समेत रहेका तामाङले  अब मकवानपुरमा बर्ड फ्लु नभएको दावी गरे । उनले भने ‘ बर्ड फ्लुको खतरा...

हेटौंडाले पूर्वाधार विकासमा ८६ करोड खर्च गर्ने

हेटौंडा, ११ असार / प्रदेश ३ को एकमात्र उपमहानगर हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ को लागि १ अर्ब ८१ करोड १८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । मंगलबार उपमहानगरको पाँचौ नगरसभा बैठकमा १ अर्ब ८१ करोड १८ लाख रुपैयाँको बजेट प्रस्तुत बजेट प्रस्तुत गरिएको हो, आजको नयाँ...