अर्थ/वाणिज्य
प्रदेश ३ को राजधानी कहाँ रहला : आज प्रस्ताव पेश हुँदै
हेटौँडा २२ असोज । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकमा सोमबार प्रदेशको राजधानी बारेको प्रस्ताव पेश हुने भएको छ । प्रदेशसभा बैठकको विशेष समयमा उठेका प्रश्नहरुको आइतबार जवाफ दिंदै आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले यसबारे जानकारी दिएका हुन् । कार्यव्यवस्था परामर्श समितिमा भएको छलफल अनुसार राजधानीको विषय...
रेमिट्यान्सको मात्र भर पर्दा अर्थतन्त्र डामाडोल हुनसक्छ : अर्थ समिति सभापति दाहाल
मकवानपुर । अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले युवाहरुले खाडीमा बगाएको पसिनाको रेमिट्यान्सले देश चलिरहेकोमा चिन्ता व्यक्त गरेका छन् । आज हेटौंडामा अग्रणी बचत तथा ऋण सहकारी सस्थाले उद्यममा संलग्न समूहलाई युवा स्वरोजगार कार्यक्रम अन्तर्गत ५ लाख रुपैयाँ उपलब्ध गराउने कार्यक्रममा सभापति दाहालले यस्तो चिन्ता व्यक्त गरेका हुन् । युवाहरु...
अग्रणी सहकारीद्वारा फापरबारीको सिर्जनशील समूहलाई उद्यम गर्न ५ लाख
मकवानपुर । अग्रणी बचत तथा ऋण सहकारी सस्था हेटौंडाले फापरबारीको सिर्जनशील युवा समूहलाई उद्यम गर्नका लागि ५ लाख रुपैयाँ निव्र्याजी ऋण उपलब्ध गराएको छ । युवा स्वरोजगार कार्यक्रम अन्तर्गत समूहलाई रकम उपलब्ध गराइएको हो । आज सो रकम हस्तान्तरण गर्ने औपचारिक कार्यक्रममा संघीय सँसदका अर्थ समिति सभापति कृष्णप्रसाद दाहाल...
ओम बाबाले बर्षौदेखि स्थानीयले प्रयोग गरिरहेको कुलो मासेर सार्वजनिक जग्गा पनि हडपे
मकवानपुर । आफूलाई ओम बाबा भनी प्रचार गराउने ओम प्रकाश श्रेष्ठले हेटौंडा १४ मयुरधापमा रहेको २०१५ साल आसपासदेखि प्रयोगमा रहेको कुलो हडपेर कम्पाउण्डवाल लगाएको रहस्य बाहिर आएको छ । सर्वसाधारणले खेतमा सिंचाई गर्नका निम्ति सोही कुलोबाट आउने पानी प्रयोग गर्दै आइरहेका थिए । जतिबेला सत्य ओम बाबा आरोग्य आश्रम...
महेन्द्र माबि भीमफेदीलाई सबै प्रकारको सहयोग गर्न प्रदेश सरकार तयार : मुख्यमन्त्री पौडेल
मकवानपुर । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले ऐतिहासिक महेन्द्र माद्यमिक विद्यालयको विकासमा प्रदेश सरकारले सबै प्रकारले सहयोग पुर्याउने बताएका छन् । आज मकवानपुरको भीमफेदीमा रहेको सो बिद्यालयको हीरक महोत्सव तथा प्राविधिक विद्यालय संचालनका लागि आयोजना गरिएको सप्ताह महायज्ञको उद्घाटनपछि बोल्दै मुख्यमन्त्री पौडेलले यस्तो बताएका हुन् । कार्यक्रममा साँसद...
काठमाडौंमा यात्रु ठग्ने ३ सय ३७ ट्याक्सीलाई कारबाही
काठमाडौँ– महानगरीय ट्राफिक प्रहरी महाशाखाले चलाएको विशेष अभियानअन्तर्गत ३३७ ट्याक्सी कारबाहीमा परेका छन् । भनेको स्थानमा जान नमान्ने, तोकिएको भन्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने र मिटर बिगार्नेलगायत कार्य गर्ने ट्याक्सी चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको हो । महाशाखाले यही भदौ २१ गतेदेखि उक्त अभियान सञ्चालन गर्दै आएकोे...
न्यूज फलोअप : बैंकको ताला फोड्ने, मनी ट्रान्सफर र वडा कार्यालयको रकम लुट्ने लुटेरालाई प्रहरीले पक्राउ गर्न सकेन
मकवानपुर । भदौ १४ गते राति हेटौंडाको मूख्य बजार क्षेत्रमा एसबिआई बैंक राप्तीरोडमा रहेको आइएमई काउन्टरको ताला फोरी लुटपाट मच्चाउनेलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन । बैंकको सटरको ताला फोरेर लुट्ने प्रयास गरेपछि त्यहाँ असफल दखिएको चोरले फेरि राप्तीरोडको साथीको मनी ट्रान्सफर र १ नम्बर वडा कार्यालयको ताला...
मापदण्डविपरीत नेसनल मेडिकल कलेजलाई अस्पताल सञ्चालन गर्न दिने तयारी
आज प्रकाशित नयाँ पत्रिका दैनिकले समाचार लेखेको छ : काठमाडौँ । मेडिकल कलेज सञ्चालनको प्रक्रिया रोकिएपछि स्वास्थ्य मन्त्रालयले प्रस्तावित काठमाडौं नेसनल मेडिकल कलेजलाई मापदण्डविपरीत तीन सय शय्याको अस्पताल सञ्चालनको अनुमति दिने तयारी गरेको छ । जब कि, विज्ञहरूको टोलीले कलेजको घट्टेकुलोस्थित अपार्टमेन्टमा अस्पताल सञ्चालनका लागि न्यूनतम मापदण्डसमेत नरहेको प्रतिवेदन...
सिंहदरवारभित्र मन्त्रीकै कार्यकक्षमा कुटिए स्वकीय सचिव
काठमाडौँ । मन्त्रीलाई भेटन नदिएको भन्दै सिंहदरवारभित्र मन्त्रीकै कार्यकक्षमा मन्त्रीको स्वकीय सचिवले निर्घात कुटाइ खाएका छन । लामो समयसम्म कुर्दा पनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई भेट्न समय नमिलाइदिएको भन्दै मन्त्रीका स्वकीय सचिव सन्तोष विष्टलाई नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले नै कुटपिट गरेका थिए । गृह मन्त्रालयमा भेटघाट...
काठमाडौंको रातोपुलबाट वाइसिएलका केन्द्रीय सदस्य पक्राउ
काठमाडौं । प्रहरीले योङ कम्युनिष्ट लिग (वाईसिएल) सिन्धुलीका अध्यक्ष पुष्पराज श्रेष्ठलाई काठमाडौंबाट गिरफ्तार गरेको छ । मंगलबार महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई काठमाडौंको रातोपुलबाट गिरफ्तार गरेको हो । वाइसिएलका केन्द्रीय सदस्य समेत रहेका श्रेष्ठमाथि प्रहरीले ठेक्केदारमाथि धम्क्याएको आरोपमा गिरफ्तार गरेको जनाएको छ । श्रेष्ठले केही समय अघिदेखि...









