अर्थ/वाणिज्य
भीमफेदी–कुलेखानी सुरुङमार्गको ‘वैशाखभित्रै टेण्डर’
हेटौंडा, १३ फागुन । बागमती प्रदेश सरकारको गौरव योजना पोष्टबहादुर ‘बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्ग’ निर्माणलाई प्रदेश सरकारले प्राथमिकता दिएर काम गरिरहेको छ । भिमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण गर्न बागमती प्रदेश सरकारले अन्तिम तयारी गरिरहेको छ । बागमती प्रदेश सरकार गठन भएको दुईवर्षसम्म पनि सुरुङमार्गमा बजेट बिनियोजित गरेरमात्रै बसेको सरकारले अब भने...
हेटौंडाको नयाँ औद्योगिक क्षेत्र निर्माण अलपत्र
हेटौंडा, १० फागुन । हेटौंडा–१३ मयुरधापमा नयाँ औद्योगिक क्षेत्र निर्माण अलपत्र परेको छ । मयुरधाप औद्योगिक क्षेत्रको प्रारम्भिक वातावरणीय परीक्षण (आइइ) प्रतिवेदन वन तथा वातारण मन्त्रालयले स्वीकृत नगर्दा औद्योगिक क्षेत्र स्थापनाको काम रोकिएको छ । निर्मार्णधिन औद्योगिक क्षेत्रपर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्ने भन्दै वन मन्त्रालयले प्रारम्भिक वातावरणीय परीक्षण...
आशयको सूचना बिनै हेटौंडा उपमहानगरद्वारा ठेक्का रद्द, ५० लाख जफत गर्ने निर्णय
हेटौंडा, ७ फागुन । ठेक्का सम्झौता गर्ने आशयको सूचना ननिकाली हेटौंडा उपमहानगरपालिकाले ढुंगा गिट्टी बालुवाको नदिजन्य उत्खनन् करको ठेक्का रद्द गरेको छ । मंगलबार बसेको हेटौंडा उपमहानगरपालिका (हेउमपना) कार्यपालिका बैठकले नगरको ढुंगा गिट्टी बालुवाको नदीजन्य उत्खनन् करको ठेक्का रद्द गरेको हो । हेउमपनाले २२ मंसिर २०७६ मा ढुंगा गिट्टी...
सुरुङमार्गमा मकवानपुरबासीको करोडौं लगानी डुब्ने पिरलो
हेटौंडा, ७ फागुन । नेपालकै कोशेढुंगाको रुपमा व्याख्या गरिएको काठमाडौं–कुलेखानी–भीमफेदी सुरुङमार्ग अहिले सपना जस्तै बनिसकेको छ । लगानीकर्तादेखि आमसर्वसाधारणमा सुरुङमार्गको कुरा आउनासाथ शरिरका रौं ठाडा हुन्छन् । सुरुङमार्ग भन्ने बितिक्कै कतिपय झसङ्गै हुन्छन, तर्सिन्छन् । किन कि यही सुरुङमार्गमा ऋण काडेर सेयर खरिद गरेकाहरु आफ्नो लगानी डुब्नेमा पिरलिएका छन्...
प्रदेशको गौरव योजनाः भीमफेदी–कुलेखानी सुरुङमार्गको २ वर्षसम्म शून्य प्रगति !
हेटौंडा, ७ फागुन । बागमती प्रदेश सरकारको पहिलो बजेटमा ‘पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्ग’लाई प्रदेशको गौरब योजना भन्दै सुरुङ निर्माणको काम गरिने भनिएको थियो । काठमाडौँ–हेटौँडा जोड्ने सडकखण्डमा प्रस्तावित भीमफेदी–कुलेखानी सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को काम दोस्रो वर्ष बितिसक्दासम्म पनि सकिएको छैन । अघिल्लो आर्थिक वर्ष सुरुङ मार्गमा कुनै पनि...
हेटौंडा–धुलिखेल बिजुली बसः फागुन दोस्रो हप्ताभित्र ग्लोबल टेण्डर
हेटौंडा, २ फागुन । बागमती प्रदेश सरकारले छुट्टै स्वायत्त निकाय स्थापना गरी प्रदेश राजधानी हेटौंडादेखि धुलिखेलसम्म आफैं बिजुली बस सञ्चालन गर्ने योजनालाई तीव्रता दिएको छ । प्रदेश सरकारले बस खरिद र प्रदेशभित्रको यातायात व्यवस्थापन गर्न ‘प्रदेश यातायात निगम’ स्थापनाको तयारी अघि बढाइसकेको छ । २०७७ भित्र बागमती प्रदेशमा बिजुली...
हेटौंडा–भरतपुर प्रसारण लाइनको ठप्प काम फेरि चैतदेखि
हेटौंडा, २९ माघ । हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनअन्तर्गत हेटौंडा–भरतपुर खण्डको यसअघि पूर्ण रुपमा ठप्प भएको काम फेरि चैतबाट मात्र सुरु हुने भएको छ । भारतीय कम्पनीसँग नेपाल विद्युत प्राधिकरणले ठेक्का तोडेपछि हेटौंडा–भरतपुर खण्डको काम पूर्ण रूपमा ठप्प बनेको थियो । ठेक्का तोडेको करिब एक वर्षपछि प्रसारण लाइनको काम पुनः सुरु...
हेटौंडामा बजाजको नयाँ शो रुम
हेटौंडा, २७ माघ । बागमती प्रदेशको राजधानी हेटौंडामा बजाजको शो रुम खुलेको छ । बजाज ब्राण्डका मोटरसाइकल र स्पेयर्स पार्टसको आधिकारिक बिक्रेता होराइज अटो प्रालिले शो रुम सञ्चालनमा ल्याएको हो । १४ वर्षदेखि मकवानपुरका लागि आधिकारिक बिक्रेता रहेको होराइजनले करिब ४ करोड ५० लाख लगानीमा नयाँ शो रुम निर्माण...
विष्णु पौडेलको छोराको नाममा रहेको बालुवाटारको जग्गा बैंकमा : यती बैंकबाट निकाले ४९ लाख ऋण
काठमाडौं, २४ माघ । ललिता निवासको सरकारी जग्गा किनेका नेकपाका महासचिव विष्णु पौडेलेका छोरा नविन पौडेलले सो जग्गा साविक यती डेभलपमेन्ट बैंकमा राखेर ४९ लाख ऋण लिएको खुलासा भएको छ। साविकको यती डेभलपमेन्ट बैंक हालको महालक्ष्मी विकास बैंकसँग मर्ज भएको थियो। ललिता निवासको सरकारी जग्गा भूमाफियासँगको मिलेमतोमा व्यक्तिगत बनाएको सार्वजनिक...
बागमती प्रदेशको तयारीः ‘यातायात निगम’ बनाएर बिजुली बस सञ्चालन
हेटौंडा, २३ माघ । बागमती प्रदेश सरकारले छुट्टै स्वायत्त निकाय स्थापना गरी आफैं बिजुली बस सञ्चालन गर्ने भएको छ । बागमती प्रदेश सरकारले यसअघि निजी क्षेत्रको साझा यातायातसँग प्रदेशभित्र बिजुली बस चलाउन सहमती गरेको थियो । बिजुली बस सञ्चालन गर्न ३० करोड साझालाई दिने निर्णय गरेसँगै काठमाडौंस्थित राष्ट्रिय सभागृहमा...










