अर्थ/वाणिज्य

हेटौंडामा प्रहरी ‘झुक्याउन’ खोज्ने सुन तस्करको त्यो शैली

हेटौंडा, १९ फागुन । भारत कर्नाटकका ४२ वर्षीय अब्दुल मजिद अनेकल काठमाडौंबाट ‘नाइट बस’मा बीरगञ्ज हानिए । अब्दुलले साथमा कालो झोला बोकेका थिए । झोलामा थिए मोटर पार्टसभित्र जडान हुने ४ थान फलामको ब्यरिङ जस्तो देखिने वस्तु । अब्दुल ती फलामका वस्तुलाई भारत छिराउने प्रयासमा थिए । सायद त्यसैले...

कतिमा कारोबार हुँदैछ आज सुन ?

मकवानपुर, १९ फागुन । नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाइएको छ । महासंघका अनुसार, आज सुन आईतबारकै मुल्यमा कारोबार भइरहेको छ । आईतबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ७८ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ७७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।...

हेटौंडा सिमेन्ट ३ अर्ब खर्चेर क्षमता बढाउँदै

हेटौंडा, १८ फागुन । निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने उद्देश्यले सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगले आफ्नो उत्पादन क्षमता बढाउने भएको छ । उद्योगले हाल १० देखि १२ हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएको छ । निजी क्षेत्रका उद्योगको तुलनामा कम उत्पादन भएकाले प्रतिस्पर्धी क्षमता बढाउन संघीय सरकार उद्योग मन्त्रालयको निर्देशनअनुसार उत्पादन क्षमता...

हेटौंडा सिमेन्टलाई किन दिने ३ अर्ब ?

काठमाडौं, १८ फागुन । हेटौंडा सिमेन्ट उद्योगले हालै तयार गरेको प्रतिवेदन अनुसार उद्योगलाई टिकाउन झन्डै तीन अर्ब रुपैयाँ थप लगानी गर्नुपर्ने देखिएको छ। उद्योग मन्त्रालयको निर्देशनमा उसले तयार गरेको प्रतिवेदनअनुसार सिमेन्ट प्रतिस्पर्धी कम्पनीहरूको तुलनामा उसको उत्पादन धेरै महँगो भएकाले बिक्री हुन सकेको छैन। पटकपटक मूल्य घटाउँदा पनि बिक्री नभएकाले...

हेटौंडा–काठमाडौं सुरुङमार्गमा जनताको लगानी जोखिममा, के गर्दैछ पूर्वाधार कम्पनी ?

हेटौंडा, १८ फागुन । काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङमार्ग बन्ने खबर सुनेपछि मकवानपुरका जनताले समृद्धिको सपना देखेर शेयर लगानी गरे । सुरुङमार्ग निर्माता नेपाल पूर्वाधार विकास कम्पनीले सुरुङमार्ग निर्माण हुने विश्वस्त दिलाएर मकवानपुरबाट ३ करोड भन्दा बढी शेयर लगानी बापत रकम संकलन गर्यो । सुरुङमार्ग करिडरमा पर्ने मकवानपुर, ललितपुरको खोकना र काठमाडौंको...

‘हेटौंडा–काठमाडौं सुरुमार्गको नाममा जनतासँग उठाएको पैसा सार्वजनिक गर्नुपर्छ’

हेटौंडा, १६ फागुन । भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले हेटौंडा–कुलेखानी–काठमाडौं सुरुङमार्ग निर्माण गर्ने नाममा मकवानपुरका जनतासँग शेयर उठाएको पैसा सार्वजनिक गर्नुपर्ने बताउनु भएको छ । सुरुङमार्ग निर्माणको जिम्मेवारी लिएको २०६८ भदौमा स्थापित नेपाल पूर्वाधार विकास कम्पनीले मकवानपुरका जनतासँग उठाएको करोडौं पैसा सार्वजनिक गर्न अनुरोध गर्नु भएको छ । ‘कम्पनीका...

मनहरीमा काष्ठ उद्योग एक वर्षदेखि अलपत्र, अध्यक्ष उप्रेतीको सिंहदरबारमा दौडधुप

हेटौंडा, १६ फागुन । मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिकामा निर्माण भएको मनहरी काष्ठ तथा फर्निचर उद्योग एकवर्षदेखि अलपत्र परेको छ । उद्योग विभागले वन पैदावारमा आधारित काष्ठ उद्योग वन क्षेत्रबाट एक किलोमिटर दूरीमा राख्न पाइने व्यवस्था गरेपछि निर्माण सम्पन्न भएर सञ्चालनको प्रक्रियामा रहेको उक्त उद्योग अलपत्र भएको हो ।...

मकवानपुरमा १ हजार २ सय कक्षाकोठाको निर्माण सकियो

हेटौंडा, १६ फागुन । २०७२ को विनाशकारी भूकम्पले क्षति पुर्‍याएको मकवानपुरका २ सय ५२ विद्यालयका १ हजार २ सय कक्षाकोठाको निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आयोजना कार्यान्वयन एकाइ (शिक्षा) मकवानपुरले दिएको जानकारी अनुसार भूकम्पले क्षति पुर्‍याएका १ हजार ५ सय कक्षाकोठामध्ये सो संख्याका कक्षाकोठाको निर्माण सम्पन्न...

गरिबी घटाउँछौं भन्ने लघुवित्त कम्पनी गरिबमाथि शोषण गरी अकुत नाफा कमाउँदै

काठमाडौं, १६ फागुन । गरिबी निवारण गर्ने उद्देश्यले खुलेका लघुवित्त कम्पनीहरूले गरिबलाई शोषण गरी अकुत नाफा कमाउने गरेका छन् । गत आर्थिक वर्ष ०७५–७६ मा सेयर बजारमा सूचीकृत ४९ वटा लघुवित्त संस्थाले नाफा औसतमा आठ गुणा ९सात सय प्रतिशत०ले बढाएका छन् । यति धेरै नाफा वृद्धि अन्य कुनै पनि व्यापारिक क्षेत्रमा...

पेट्रोल र डिजेलमा ५ रुपैयाँ बढ्नको कारण यस्तो रहेछ

काठमाडौं, १५ फागुन । सरकारले पूर्वाधार विकास करको दर परिमार्जन गर्ने निर्णयसँगै डिजेल र पेट्रोलमा ५ रुपैयाँ बढाएको हो । सरकारका प्रवक्ता अर्थ, सूचना तथा संचार प्रविधिमन्त्री युवराज खतिवडाले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै डिजेल र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढाएको बताउनु भयो । फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले...