अर्थ/वाणिज्य
प्रदेश ३ को नीति तथा कार्यक्रम जेठमा
मकवानपुर २३ वैशाख । प्रदेश नम्बर ३ को नीति तथा कार्यक्रम जेठमा प्रस्तुत हुनेछ । केन्द्रिय राजधानी समेत समावेश भएको प्रदेश ३ सरकारले जेठ पहिलो साता नीति तथा कार्यक्रम ल्याउने तयारी थालेको छ । प्रदेश सरकार गठनपछि दोस्रो पटक नीति तथा कार्यक्रम ल्याउने तयारी गरिएको हो । पहिलो बर्ष...
मकवानपुर एसपी सिंहको मेन टार्गेट : गाँजा तस्करी र नेकपाको गतिविधि नियन्त्रण
मकवानपुर, २१ वैशाख । जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी मुकेश सिंह अहिले गाँजा र विप्लव नेतृत्वको नेकपाको गतिविधि नियन्त्रणमा क्रियाशील छन् । रातभरि गस्तीमा दौडने सिंहको प्राथमकितामा लागुऔषध नियन्त्रण रहेको छ । त्यसपछि सरकारले प्रतिवन्ध लगाएको विप्लव नेतृत्वको नेकपाको गतिविधि नियन्त्रणमा उनले निकै समय खर्च गर्ने गरेका छन् ।...
हेटौंडाको सडक विस्तार, अब कसो होला ?
मकवानपुर, २० वैशाख । हेटौंडाको सडक विस्तारका योजना यतिकै थाती छ । आसपासका जिल्लामा समेत सडकको केन्द्रभागबाट दायाबाया २५/२५ मिटर विस्तार गरी सडक फराकिलो पार्ने काम भइरहँदा हेटौंडामा भने यसबारे छिनोफानो हुन सकेको छैन । २५/२५ मिटर सडक विस्तारको सम्बन्धमा पहिलेदेखिनै अन्यौल अवस्था थियो । अधिकांश नगरवासीहरु २५/२५ मिटर...
सामाजिक सुरक्षा भत्ता बढाउने सरकारको घोषणा
काठमाडौँ, २० वैशाख । सरकारले नीति तथा कार्यक्रममा नै सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेको छ । आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेको हो । बजेट वक्तब्य मार्फत् घोषणा गरिनु पर्ने भएपनि सरकारले नीति तथा कार्यक्रममै वृद्धभत्ता बढाउने घोषणा गरेको हो ।...
मेयर महतको योजना विरुद्ध बोलिन् विष्णु ओझा, दिइन् पछुताउनुपर्ने चेतावनी
मकवानपुर, २० वैशाख । समावेशी आयोगकी सदस्य बिष्णु ओझाले हेटौंडाको हुप्राचौरमा सटर र प्याराफिट बनाउने कुराले दुखी भएको बताएकी छिन् । समाजिक सञ्जाल फेसबुकमार्फत् उनले बुहचर्चित हुप्रा प्रकरणमा आफ्नो धारणा राखेकी हुन् । ‘खुला चौरमा सटर हाल्ने कुरा उठ्नै हुँदैनथ्यो, यो अधिकांश जनताको भावना विपरित छ, उनले भनेकी छिन्...
कर नतिर्ने सूचीमा काँग्रेस नेता लामिछाने पनि
मकवानपुर १८ वैशाख । सरकारबाट मोबिलाइजेसन शुल्क लिएर काम नगर्नू धेरै ठेकदार कम्पनीको आदत नै बनिसक्यो । तर पछिल्लो समय धेरै निर्माण कम्पनीहरुले कानून बमोजिम तिनुपर्ने कर समेत बुझाउन छोडेका छन् यो विषयमा अनलाईन खबर ले समाचार लेखेको छ । मकवानपुरकै काँग्रेसका नेता समेत रहेका ठेकेदारको नाम पनि कर...
हेटौँडामा कम्पनी रहेको ऋद्धिसिद्धि सिमेन्टलाई स्थानीयको १५ दिने अल्टिमेटम
मकवानपुर, १३ वैशाख । हेटौँडामा उद्योग रहेको ऋद्धिसिद्धि सिमेन्टलाई १५ दिनभित्र स्थानीयको समस्या समाधान गर्न माग गर्दै अल्टिमेटम दिइएको छ । विभिन्न माग राखेर हिजोबाट उद्योग चल्न नदिएका स्थानीयहरुले आजबाट १५ दिनभित्र समस्या समाधान गर्ने प्रतिवद्धता जनाएपछि उद्योग पूर्ववत् रुपमा चल्न दिएको स्थानीय नवराज वाइवाले बताए । कम्पनीका कारण...
मकवानपुरका तत्कालिन एलडीओ थापामाथि अख्तियारको विस्तृत अनुसन्धान
मकवानपुर, १३ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाले मकवानपुरका तत्कालिन एलडीओ लक्ष्मण विक्रम थापा समेतका विरुद्ध ढुंगा, गिटी वालुवा लगायतका नदिजन्य पदार्थ उत्खनन्मा भ्रष्टाचार गरेको अभियोगमा विस्तृत अनुसन्धान सुरु गरेको छ । त्यतिबेला ढुंगा, गिटी वालुवा लगायतका नदिजन्य पदार्थको उत्खनन्मा व्यापक हिनामिना गरेको उजुरी अख्यिारमा परेको रहेछ, सोही...
सशस्त्र प्रहरीको टोलीद्वारा चोरीपैठारीको सामान बरामद
रौतहट / रौतहट जिल्लाको राजदेवी नगरपालिका ७ मोडलवा भन्ने स्थानबाट बैशाख १२ गते सशस्त्र प्रहरीको टोलीले करीब ४ लाख ७० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल गण हेक्वा रौतहट नम्बर १२ गणबाट खटिएको टोलीले उल्लेखित मूल्य बराबरको लत्ताकपडा बरामद गरेको हो ।...
प्रदेशका २ मन्त्रालयमा छैनन् सचिव
मकवानपुर, १२ वैशाख । प्रदेश नम्बर ३ का दुई महत्वपूर्ण मन्त्रालयमा सचिव छैनन् । सामाजिक विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मान्त्रालयमा सचिव छैनन् । निमित्तले काम चलाइरहेका छन् । समाजिक विकास मन्त्रालयका सचिव लोकनाथ पोड्यालले काम नगरेको भन्दै मन्त्री युवराज दुलालले उनको कार्यकक्षमा ताला लगाइदिएपछि त्यहाँ सचिव...










