अर्थ/वाणिज्य

६० करोडको कम्पनी नै कर्मचारीको नाममा

काठमाडौं २१ भदौ । कम्पनी रजिस्ट्रारको कार्यालयले मालिकलाई थाहै नदिई करिब ६० करोड रुपैयाँबराबरको कम्पनी पूर्वकर्मचारीको नाममा सारिदिएको छ । नक्कली कागजपत्रका आधारमा कम्पनी रजिस्ट्रारका कर्मचारीले भारतीय व्यवसायी रामनिरञ्जन जटियाको शंकर इलेक्ट्रोनिक्स नामक कम्पनी उनकै पूर्वकर्मचारी जितबहादुर मगरको नाममा नामसारी गरिदिएका हुन् । जटियाको कम्पनीको नाममा नेपालमा घरजग्गासमेत गरेर...

प्रचण्ड भोलि मकवानपुर आउने

मकवानपुर । नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड भोलि मकवानपुरको रजैयामा आउने भएका छन् । मनहरी गाउँपालिका वडा नं. ९ रजैयामा रहेको ओम् श्री वातावरण सुद्धिकरण अभियान अग्निहोत्री आश्रमको सातौँ वार्षिक उत्सव कार्यक्रमको औपचारिक उद्घाटनका लागि प्रचण्ड हेटौंडा आउन लागेका हुन् । भोलि करिव १ बजे प्रचण्ड हेटौंडा...

१८ बुँदे घोषणापत्र जारी गर्दै सकियो बिमस्टेक सम्मेलन

काठमाडौँ । १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै बिमस्टेकको चौथो शिखर सम्मेलन सकिएको छ । बिमस्टेकको अध्यक्षता नेपालले २०१४ देखि गर्दै आएको थियो । अब यसको अध्यक्षता श्रीलङ्काले गर्नेछ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको समापन गरेका हुन् । उनले सम्मेलनको घोषणापत्रको प्रभावकारी कार्यान्वयन हुने विश्वास पनि व्यक्त...

अत्यावश्यक कानून निर्माण भइसक्यो : भीमफेदी गाउँपालिका

मकवानपुर । भीमफेदी गाउँपालिकाले अत्यावश्यक कानून निर्माणको काम सकिएको जनाएको छ । गाउँपालिकालाई व्यवस्थित र प्रभावकारी रुपमा संचालन गर्नका लागि शिक्षा, स्वास्थ्य, सरसफाई, सहकारी, विपद् व्यवस्थापनजस्ता अत्यावश्यक ऐन, कानून निर्माण भइसकेको भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले जानकारी दिएका छन् । लामाका अनुसार, अब ती कानुनको आधारमा कार्यबिधि निर्माणको काम...

हेटौंडामै रहेको पानी उद्योगमा ताला लगाएपछि बाहिरी जिल्लाको पानी छ्याप्छ्याप्ती

मकवानपुर १४ भदौ । मकवानपुरको पानी उत्पादन गर्ने उद्योगहरुलाई स्थानीय प्रशासनले उत्पादनमा रोक लगाएपछि बाराको बी २ र चितवनको पियुस नामक पानी हेटौंडाको बजारमा छ्याप्छ्याप्ती विक्री वितरण भइरहेको छ । यसरी मकवानपुर भित्रिएको पानी शुद्ध छ वा छैन स्थानीय प्रशासन बेखबर छ । पानी प्रशोधनमा शुद्धता कायम गर्न नसकेको...

समन्वय समिति मात्र छ, बजेट, ऐन– कानून र कार्यबिधि छैन

मकवानपुर । मुुलुक संघीयतामा गइसकेपछि तत्कालिन जिल्ला विकास समितिलाई जिल्ला समन्वय समिति बनाइयो । जिल्लामा समन्वय र अनुगमन गर्ने भनी समन्वय समिति स्थापित भयो । संविधानमा यसको व्यवस्था गरियो । सोही बमोजिम जनप्रतिनिधि निर्वाचित पनि भए । तर, समन्वय समितिलाई क्रियाशील बनाउन आवश्यक स्पष्ट ऐन, कानून, कार्यविधि नबन्दा समन्वय...

जिल्ला प्रहरी कार्यालयलाई तीन तिरबाट घेरेर रकम लुटियो (हेर्नुहोस् म्याप)

मकवानपुर । मकवानपुर प्रहरीलाई तीन तिरबाट घेरेर गएराति एसबिआई बैंक, साथीको मनी ट्रान्सफर र एक नम्बर वडा कार्यालयमा लुटिएको  । वडा कार्यालय र राप्तीरोडमा रहेको साथीको मनी ट्रान्सफरबाट रकम समेत लुटिएको छ भने एसबिआई बैंक लुट्ने असफल प्रयास गरिएको छ । मध्य राति लुटेराले एसबिआई बैंकको चार वटै सटर...

टिप्पणी : प्रदेश राजधानीमै बढ्यो सुरक्षा थ्रेट

मकवानपुर । ३ नम्बर प्रदेशको राजधानी हेटौंडामा गएराति एसबिआई बैंकको सटर फोरेर लुट्ने प्रयास भएको छ । हेटौंडाको राप्तीरोडमा रहेको साथीको मनी ट्रान्सफरबाट भने नगद ७० हजार र रिचार्ज कार्ड लुटिएको छ । उच्च सुरक्षा सतर्कता भएको भनिएको सदरमुकाम र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट करिव ३/४ मिनेटको अन्तरालमा दुबै...

ओलीको जवाफ : पप्पु कन्ट्रक्सनमाथि छानबिन भइरहेको छ

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले पप्पु कन्ट्रक्सनमाथि छानबिन भइरहेको बताएका छन् । आज सँसदमा साँसदले राखेको जिज्ञासाको जवाफ दिँदै ओलीले पप्पु कन्ट्रक्सनमाथि आवश्यक छानबिन भइरहेको बताएका हुन् । त्यस्तै उनले आवश्यक कर लिने कुरामा कसैले बिमत्ति राख्न नहुने समेत बताए । स्थानीय कर स्थानीय सरकारको अधिकारको कुरा भएको बताउँदै...

तरकारी व्यवसायीको हडताल स्थगित

काठमाडौँ ।  सरकारले तरकारीमा गरेको अनुगमनका विरुद्ध हडतालको निर्णय गरी संघर्षका कार्यक्रम थालेका कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका थोक व्यापारीले आन्दोलन स्थगित गरेका छन् । व्यवसायीहरूको शनिबार बसेको बैठकले अबका दिनमा हुने अनुगमनलाई सघाउने निर्णय गर्दै आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका हुन् । अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा...