अर्थ/वाणिज्य
काठमाडौंमा यात्रु ठग्ने ३ सय ३७ ट्याक्सीलाई कारबाही
काठमाडौँ– महानगरीय ट्राफिक प्रहरी महाशाखाले चलाएको विशेष अभियानअन्तर्गत ३३७ ट्याक्सी कारबाहीमा परेका छन् । भनेको स्थानमा जान नमान्ने, तोकिएको भन्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने र मिटर बिगार्नेलगायत कार्य गर्ने ट्याक्सी चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको हो । महाशाखाले यही भदौ २१ गतेदेखि उक्त अभियान सञ्चालन गर्दै आएकोे...
न्यूज फलोअप : बैंकको ताला फोड्ने, मनी ट्रान्सफर र वडा कार्यालयको रकम लुट्ने लुटेरालाई प्रहरीले पक्राउ गर्न सकेन
मकवानपुर । भदौ १४ गते राति हेटौंडाको मूख्य बजार क्षेत्रमा एसबिआई बैंक राप्तीरोडमा रहेको आइएमई काउन्टरको ताला फोरी लुटपाट मच्चाउनेलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन । बैंकको सटरको ताला फोरेर लुट्ने प्रयास गरेपछि त्यहाँ असफल दखिएको चोरले फेरि राप्तीरोडको साथीको मनी ट्रान्सफर र १ नम्बर वडा कार्यालयको ताला...
मापदण्डविपरीत नेसनल मेडिकल कलेजलाई अस्पताल सञ्चालन गर्न दिने तयारी
आज प्रकाशित नयाँ पत्रिका दैनिकले समाचार लेखेको छ : काठमाडौँ । मेडिकल कलेज सञ्चालनको प्रक्रिया रोकिएपछि स्वास्थ्य मन्त्रालयले प्रस्तावित काठमाडौं नेसनल मेडिकल कलेजलाई मापदण्डविपरीत तीन सय शय्याको अस्पताल सञ्चालनको अनुमति दिने तयारी गरेको छ । जब कि, विज्ञहरूको टोलीले कलेजको घट्टेकुलोस्थित अपार्टमेन्टमा अस्पताल सञ्चालनका लागि न्यूनतम मापदण्डसमेत नरहेको प्रतिवेदन...
सिंहदरवारभित्र मन्त्रीकै कार्यकक्षमा कुटिए स्वकीय सचिव
काठमाडौँ । मन्त्रीलाई भेटन नदिएको भन्दै सिंहदरवारभित्र मन्त्रीकै कार्यकक्षमा मन्त्रीको स्वकीय सचिवले निर्घात कुटाइ खाएका छन । लामो समयसम्म कुर्दा पनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई भेट्न समय नमिलाइदिएको भन्दै मन्त्रीका स्वकीय सचिव सन्तोष विष्टलाई नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले नै कुटपिट गरेका थिए । गृह मन्त्रालयमा भेटघाट...
काठमाडौंको रातोपुलबाट वाइसिएलका केन्द्रीय सदस्य पक्राउ
काठमाडौं । प्रहरीले योङ कम्युनिष्ट लिग (वाईसिएल) सिन्धुलीका अध्यक्ष पुष्पराज श्रेष्ठलाई काठमाडौंबाट गिरफ्तार गरेको छ । मंगलबार महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई काठमाडौंको रातोपुलबाट गिरफ्तार गरेको हो । वाइसिएलका केन्द्रीय सदस्य समेत रहेका श्रेष्ठमाथि प्रहरीले ठेक्केदारमाथि धम्क्याएको आरोपमा गिरफ्तार गरेको जनाएको छ । श्रेष्ठले केही समय अघिदेखि...
६० करोडको कम्पनी नै कर्मचारीको नाममा
काठमाडौं २१ भदौ । कम्पनी रजिस्ट्रारको कार्यालयले मालिकलाई थाहै नदिई करिब ६० करोड रुपैयाँबराबरको कम्पनी पूर्वकर्मचारीको नाममा सारिदिएको छ । नक्कली कागजपत्रका आधारमा कम्पनी रजिस्ट्रारका कर्मचारीले भारतीय व्यवसायी रामनिरञ्जन जटियाको शंकर इलेक्ट्रोनिक्स नामक कम्पनी उनकै पूर्वकर्मचारी जितबहादुर मगरको नाममा नामसारी गरिदिएका हुन् । जटियाको कम्पनीको नाममा नेपालमा घरजग्गासमेत गरेर...
प्रचण्ड भोलि मकवानपुर आउने
मकवानपुर । नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड भोलि मकवानपुरको रजैयामा आउने भएका छन् । मनहरी गाउँपालिका वडा नं. ९ रजैयामा रहेको ओम् श्री वातावरण सुद्धिकरण अभियान अग्निहोत्री आश्रमको सातौँ वार्षिक उत्सव कार्यक्रमको औपचारिक उद्घाटनका लागि प्रचण्ड हेटौंडा आउन लागेका हुन् । भोलि करिव १ बजे प्रचण्ड हेटौंडा...
१८ बुँदे घोषणापत्र जारी गर्दै सकियो बिमस्टेक सम्मेलन
काठमाडौँ । १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै बिमस्टेकको चौथो शिखर सम्मेलन सकिएको छ । बिमस्टेकको अध्यक्षता नेपालले २०१४ देखि गर्दै आएको थियो । अब यसको अध्यक्षता श्रीलङ्काले गर्नेछ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको समापन गरेका हुन् । उनले सम्मेलनको घोषणापत्रको प्रभावकारी कार्यान्वयन हुने विश्वास पनि व्यक्त...
अत्यावश्यक कानून निर्माण भइसक्यो : भीमफेदी गाउँपालिका
मकवानपुर । भीमफेदी गाउँपालिकाले अत्यावश्यक कानून निर्माणको काम सकिएको जनाएको छ । गाउँपालिकालाई व्यवस्थित र प्रभावकारी रुपमा संचालन गर्नका लागि शिक्षा, स्वास्थ्य, सरसफाई, सहकारी, विपद् व्यवस्थापनजस्ता अत्यावश्यक ऐन, कानून निर्माण भइसकेको भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले जानकारी दिएका छन् । लामाका अनुसार, अब ती कानुनको आधारमा कार्यबिधि निर्माणको काम...
हेटौंडामै रहेको पानी उद्योगमा ताला लगाएपछि बाहिरी जिल्लाको पानी छ्याप्छ्याप्ती
मकवानपुर १४ भदौ । मकवानपुरको पानी उत्पादन गर्ने उद्योगहरुलाई स्थानीय प्रशासनले उत्पादनमा रोक लगाएपछि बाराको बी २ र चितवनको पियुस नामक पानी हेटौंडाको बजारमा छ्याप्छ्याप्ती विक्री वितरण भइरहेको छ । यसरी मकवानपुर भित्रिएको पानी शुद्ध छ वा छैन स्थानीय प्रशासन बेखबर छ । पानी प्रशोधनमा शुद्धता कायम गर्न नसकेको...










