विश्व विविध
टर्कीको एक होटलमा आगलागी हुँदा १० जनाको मृत्यु, ३२ जना घाइते
अंकारा । उत्तरपश्चिमी टर्कीको एक स्की रिसोर्ट होटलमा आगलागी हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । बोलु प्रान्तको कारतलकाया रिसोर्टको रेस्टुरेन्टमा राति आगलागी हुँदा उनीहरुको मृत्यु भएको टर्कीका मन्त्री अली येर्लिकायाले जानकारी दिए । धेरै प्रयासपछि दमकलको सहायताले आगो नियन्त्रणमा लिएको र...
आज पदभार ग्रहण गर्दै राष्ट्रपति ट्रम्प
काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले आज पदभार ग्रहण गर्ने भएका छन् । सोमबार १२ बजे ह्वाइटहाउसमा उनले राष्ट्रपतिको रुपमा पदभार ग्रहण गर्ने भएका हुन् । ७८ वर्षीय उनले अमेरिकाको ४७ औं राष्ट्रपतिका रूपमा कार्यभार सम्हाल्ने छन् । ह्वाइटहाउस प्रवेश गर्नुअघि राष्ट्रपति ट्रम्प बिहान सेन्ट्र जोन्स चर्चमा प्रार्थना...
अमेरिकामा टिकटक बन्द
काठमाडौं । अमेरिकामा टिकटक बन्द भएको छ । चिनियाँ कम्पनीले सञ्चालन गरेको सामाजिक सञ्जाल टिकटक अमेरिकामा चल्न छाडेको हो । सरकारी प्रतिबन्ध कार्यान्वयनमा आउनुअगावै सूचना जारी गरेर टिकटकले अमेरिकामा एप्लिकेशन नचल्ने बनाएको जनाइएको छ । एप्लीकेशन खोल्दा टिकटक अहिले उपलब्ध नभएको र अमेरिकामा टिकटकलाई प्रतिबन्ध लगाउने कानुन बनाइएकाले टिकटक...
अमेरिकामा कार दुर्घटना हुँदा दुई नेपालीको मृत्यु
भर्जिनिया । अमेरिकाको भर्जिनियाको स्यानटिली सहरमा कार दुर्घटना हुँदा दुई नेपालीको मृत्यु भएको छ । जनवरी ९ बिहीबार बिहान एउटा होटल बाहिरको पोखरीमा कार डुबेर दुर्घटना हुँदा दुई नेपालीको मृत्यु भएको हो । मृत्यु हुनेमा ५५ वर्षीय कर्ण खड्का र २० वर्षीय निश्चल भट्ट रहेको एनबीसी वाशिंगटनले जनाएको छ...
चीनमा भूकम्पबाट १२६ जनाको मृत्यु
काठमाडौं । चीनको तिब्बत क्षेत्रमा पर्ने सिजाङ प्रान्तको सिगात्सेमा गएको भूकम्पमा परेर हालसम्म १२६ जनाको मृत्यु भएको छ । मंगलबार ७ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पमा परेर मृत्यु हुनेको संख्या १२६ पुगेको हो । भूकम्पले भौतिक संरचनाहरु भत्किएका छन् । भग्नावशेषमा कोही पुरिएको हुनुसक्ने अनुमानमा भूकम्प प्रभावित...
दक्षिण कोरिया विमान दुघर्टनाः मृतकको संख्या १७७ पुग्यो
सोल । दक्षिण कोरियामा आज बिहान भएको विमान दुघर्टनामा परेर मृत्यु हुनेको संख्या १७७ जना पुगेको छ । दक्षिण कोरियाको पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किएर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या कम्तिमा १७७ पुगेको अधिकारीहरुले बताएका छन् । बिहान १७५ यात्रु र छ जना चालक...
दक्षिण कोरियामा विमान दुर्घटना, कम्तीमा २८ जनाको मृत्यु
काठमाडौं । दक्षिण कोरियामा विमान दुर्घटना भएको छ । दक्षिण कोरियाको पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किएर दुर्घटना भएको हो । १८१ जना सवार उक्त विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको योनहाप समाचार एजेन्सीले जनाएको छ । योनहाप समाचार एजेन्सीका अनुसार, आइतबार बिहान...
मोरक्कोमा डुङ्गा पल्टिँदा ६९ जनाको मृत्यु
मोरक्को । मोरक्कोमा डुङ्गा पल्टिँदा कम्तीमा ६९ जनाको मृत्यु भएको छ । पश्चिम अफ्रिकाबाट स्पेनका लागि यात्रा गरिरहेको डुङ्गा पल्टिँदा उनीहरुको मृत्यु भएको हो । मृतकमध्ये २५ मालीका नागरिक थिए । उक्त डुङ्गामा करिब ८० जना व्यक्ति सवार रहेको बुझिइएको छ । जसमध्ये ११ जना मात्रै बाँच्न सकेको मालीका...
भारतीय पूर्व प्रधानमन्त्री सिंहको निधन
काठमाडौं । भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । कांग्रेसका दिग्गज नेतासमेत रहेका सिंहको ९२ वर्षको उमेरमा बिहीबार राति दिल्लीको एम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो । अस्पतालले केहीअघि एक मेडिकल बुलेटिन जारी गर्दै राति ९ बजेर ५१ मिनेटमा सिंहको निधन भएको पुष्टि गरेको हो...
अफगानिस्तानमा बस दुर्घटना हुँदा कम्तीमा ५० जनाको मृत्यु
काबुल । मध्य अफगानिस्तानमा दुई वटा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तिमा ५० जनाको मृत्यु भएको छ । दुवै दुर्घटना राजधानी काबुल र दक्षिणी कान्धार सहरको बिचमा पर्ने गाज्नी प्रान्तको एउटै राजमार्गमा बुधबार भएको प्रान्तका सूचना प्रमुखले बिहीबार एक्समा जानकारी दिएका हुन् । पहिलो दुर्घटनामा बस मध्य गाज्नीको शहबाज गाउँ...





