विश्व विविध
हरिद्वारको मनसादेवी मन्दिरमा भागदौड: ६ जनाको मृत्यु, सयौं भक्तजन घाइते
आइतबार बिहान उत्तराखण्डको हरिद्वारस्थित पहाडी मनसादेवी मन्दिरमा पूजाका लागि भेला भएका सयौं भक्तजनबीच भागदौड मच्चिँदा कम्तीमा ६ जनाको ज्यान गएको छ भने दर्जनौं घाइते भएका छन्। घटनाको समय बिहान करिब ९ बजेको बताइएको छ, जब भक्तजनहरू मन्दिरको सिँढी चढ्दै थिए। प्रहरीका अनुसार भागदौडको कारण मन्दिरमा करेन्ट आएको भन्ने अफवाह...
कम्बोडिया र थाइल्यान्डबीच युद्ध विराम गर्ने सहमती
काठमाडौं । सीमा विवादमा झडप तनावग्रस्त बनेका कम्बोडिया र थाइल्यान्डबीच युद्ध विराम गर्ने सहमति भएको छ । आइतबार दुवै पक्षका नेताले विज्ञप्ति जारी गर्दै युद्ध विराम भएको घोषणा गरेका हुन् । आइतबार बिहानै कम्बोडियाका प्रधानमन्त्री हुन मानेतले विज्ञप्ति जारी गर्दै आफ्नो देश युद्ध विरामका लागि तयार भएको बताउँदै यसका...
कम्बोडिया–थाइल्याण्ड सीमा झडप: ३२ जनाको मृत्यु युद्धविरामको आह्वान
कम्बोडिया र थाइल्याण्डबीचको पुरानो सीमा विवाद फेरि चर्किँदै गएको छ, जसले पछिल्ला दिनहरूमा तीव्र हिंसाको रूप लिएको छ। बिहीबार सुरु भएको लडाइँ शनिबारसम्म तेस्रो दिन पनि जारी रहँदा ३२ जनाको ज्यान गइसकेको छ भने एक लाख ६० हजारभन्दा बढी मानिस विस्थापित भएका छन्। थाइल्याण्डमा १९ र कम्बोडियामा १३ जनाको...
गाजामा इजरायली कारबाही र फ्रान्सको घोषणाबीच विश्व समुदाय विभाजित
प्यालेस्टाइन राज्यलाई मान्यता दिने फ्रान्सको पछिल्लो घोषणाले आगामी जुलाई 28-30 मा न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्र सम्मेलनमा नयाँ सास फेर्ने अपेक्षा गरिएको छ। विश्लेषकहरूका अनुसार यो सम्मेलन पहिले अप्रासंगिक र औपचारिकतामा सीमित हुने देखिए पनि गाजाको पछिल्लो मानवीय संकट र इजरायली कारबाहीले यसलाई विश्वको ध्यान केन्द्रित गरेको छ। गाजामा...
गाजा युद्धबीच फ्रान्सको ऐतिहासिक घोषणा प्यालेस्टाइनलाई आधिकारिक मान्यता
गाजामा जारी युद्ध र इजरायली कारबाहीप्रति विश्वव्यापी आलोचना चुलिँदै गइरहेका बेला फ्रान्सले प्यालेस्टाइन राज्यलाई औपचारिक मान्यता दिने निर्णय गरेको छ। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले बिहीबार घोषणा गरे अनुसार, फ्रान्सले आगामी सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभामा प्यालेस्टाइन राज्यलाई औपचारिक मान्यता दिनेछ। राष्ट्रपति म्याक्रोनले सामाजिक सञ्जाल ‘एक्स’मा लेख्दै भने, “मध्यपूर्वमा न्यायपूर्ण र...
अमुर क्षेत्रमा रुसी विमान दुर्घटना: ५० जनाको मृत्युको आशंका
पूर्वी रुसको अमुर क्षेत्रमा यात्रुवाहक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ५० जनाको मृत्यु भएको आशंका गरिएको छ। बिहीबार भएको दुर्घटनामा ६ चालक दलका सदस्यसहित ४९ जना यात्रु सवार थिए। रुसी समाचार एजेन्सी टी ए एस एसका अनुसार विमानमा रहेका सबै व्यक्तिहरूको ज्यान गएको अनुमान गरिएको छ। दुर्घटनाग्रस्त विमान...
बंगलादेश विमान दुर्घटनाः १९ जनाको मृत्यु,५० भन्दा बढी घाइते
काठमाडौँ । बंगलादेशको राजधानी ढाका नजिकै रहेको एक विद्यालय भवनमा वायु सेनाको एक प्रशिक्षण विमान खस्दा कम्तीमा १९ जनाको ज्यान गएको छ भने ५० भन्दा बढी घाइते भएका छन्। घटनास्थल ढाकाको डियाबारी क्षेत्रमा रहेको माइलस्टोन कलेजको भवन हो, जहाँ सो दुर्घटना भएको हो। इन्डिया टुडेले जनाए अनुसार दुर्घटनामा संलग्न...
ट्रम्पको धम्की: मस्क, ममदानी र ओ’डोनेलको नागरिकता खतरामा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला दिनमा गरेका केही टिप्पणीहरू अमेरिकी नागरिकता अधिकारको विषयमा गम्भीर बहसको केन्द्र बनेका छन्। ट्रम्पले सार्वजनिक रूपमा संसारकै धनी व्यक्ति एलोन मस्क, न्यूयोर्क शहरका राजनीतिज्ञ जोहरान ममदानी, र चर्चित अभिनेत्री तथा हास्य कलाकार रोजी ओडोनेलको नागरिकता खारेज गर्ने वा देशनिकाला गर्ने सम्भावनाबारे संकेत दिएका छन्।...
अमेरिकाद्वारा पहलगाम आक्रमणमा संलग्न टीआरएफ आतङ्कवादी घोषित
अमेरिकाले जम्मु-कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणमा संलग्न रहेको भन्दै ‘द रेजिस्टेन्स फ्रन्टलाई विदेशी आतङ्कवादी संगठन र विशेष रूपमा निर्दिष्ट वैश्विक आतङ्ककारी को रूपमा सूचीबद्ध गरेको छ। अमेरिकी राज्य सचिव मार्को रुबियोले टीआरएफलाई पाकिस्तानमा आधारित आतङ्कवादी संगठन लश्कर-ए-तैयबाको “फ्रन्ट र प्रोक्सी” भएको उल्लेख गर्दै यस संगठनमाथि कारबाहीको घोषणा गरेका हुन्।...
गाजामा युद्धविरामको प्रयासः राष्ट्रपति ट्रम्प र कतारी प्रधानमन्त्रीबीच भेटवार्ता तय
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा जारी युद्ध अन्त्यको प्रयासस्वरूप आगामी बुधबार कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग भेटवार्ता गर्ने तयारी गरेका छन्। रिपोर्टहरूका अनुसार दुई नेताबीचको यो महत्वपूर्ण भेटमा गाजा युद्धविराम र इरानसँगको आणविक वार्ताबारे गम्भीर छलफल हुने अपेक्षा गरिएको छ। यसअघि अमेरिकी समाचार संस्था एक्सियोसका रिपोर्टर...










