अर्थ/वाणिज्य

हेटौँडामा ३ सहकारीलाई उत्कृष्ट सहकारीको रुपमा सम्मान

हेटौँडा, २० चैत । ६१ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा आज हेटौँडामा ३ उत्कृष्ट सहकारीलाई सम्मान गरिएको छ । राष्ट्रिय सहकारी दिवस मुल समारोह समितिले आयोजना गरेको कार्यक्रममा उत्कृष्ट सहकारी, उत्कृष्ट सहकारी बैंकको तर्फबाट नियमित कारोबार र उत्कृष्ट कारोबार गरि ३ विधामा उत्कृष्ट भएको भन्दै सम्मान गरिएको हो ।...

‘सहकारीलाई पर राखेर विकास हुन्न’–योजना मन्त्री ढुङ्गेल

मकवानपुर, २० चैत । प्रदेश नंबर ३ का अर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले सहकारीलाई पर राखेर विकास संभव नभएको बताएका छन् । ६१ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा आज हेटौँडामा राष्ट्रिय सहकारी दिवस मुल समारोह समितिले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले सहकारीबिना विकास सोच्न नसकिने बताएका...

बैशाखको पहिलो सातादेखि मकवानपुरमा आर्थिक गणना हुँदै

मकवानपुर, २० चैत । मकवानपुरमा आउँदो बैशाखको पहिलो सातादेखि प्रथम राष्ट्रिय आर्थिक गणना २०७५ सञ्चालन हुने भएको छ । सरकारले आउँदो बैशाख २ गते देखि जेठ १५ गते सम्म आर्थिक गणना गर्ने भएको हो । जिल्ला आर्थिक गणना कार्यालय मकवानपुरको आयोजनामा जिल्लाभरीको आर्थिक गणना सञ्चालन गर्न लागिएको सोमबार हेटौडामा...

इन्धनकाे मूल्यमा २ रूपैयाँ बृद्धि

काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजार अनुसार इन्धनको मूल्य समायोजन गरेको छ । बृद्धि भएको मूल्य आज मध्यराति १२ बजेबाट लागु हुने आयल निगमले जनाएको छ । पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ बढेकाे छ । अब पेट्रोल र डिजेलकाे मूल्य प्रतिलिटर १ सय ५ रुपैयाँ पुगेको...

अब २० हजारले पाउनेछन् रोजगारी

काठमाडौँ, १८ चैत । नेपालमा अब करिब २० हजार युवाले रोजगारी पाउने अवस्था भएको छ । चालु आर्थिक वर्षको ८ महिनामा ३ सय २ वटा नयाँ उद्योग दर्ता भएपछि २० हजारले प्रत्यक्ष रोजगारी पाउने भएका हुन् । ती सबै उद्योगहरुले प्रत्यक्ष रोजगारी दिने उदेश्यका साथ आवेदन दिएकाले रोजगारीको अवसर...

कृषिको आधुनिकीकरणका लागि भूमि बैंक स्थापना गर्नुपर्नेः कृषिमन्त्री खनाल

कपिलवस्तु -खेतीयोग्य जमिनको बढीभन्दा बढी उपयोग गरी कृषि क्षेत्रको आधुनिकीकरणका लागि भूमि बैंक स्थापना गर्नुपर्नेमा कृषि भूमि व्यवस्थापन तथा सहकारीमन्त्री चक्रपाणि खनालले जोड दिनुभएको छ । प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपालका जिल्ला शाखाले संयुक्तरुपमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उहाँले कृषि उत्पादनमा वृद्धि ल्याउन भूमि नीति...

प्रधानमन्त्री अाेलीकाे सपना साकार हुँदै, १५ महिनामै पाइपलाइनबाट इन्धन भित्रने

काठमाडाैं / भारतको मोतिहारीदेखि अमलेखगन्जसम्म निर्माण गर्न लागिएको पेट्रोलियम पाइपलाइनबाट अबको १५ महिनाभित्र पेट्रोलियम पदार्थ आपूर्ति गरिने भएको छ । बहुप्रतिक्षित आयोजनाका रुपमा रहेको भारतबाट पाइपलाइनका माध्यमबाट नेपालमा पेट्रोलियम पदार्थ आपूर्ति गर्न निर्माणाधीन मोतिहारी–अमलेअगन्ज पेट्रोलियम पाइपलाइनको निर्माण कार्य पूरा भएसँगै पेट्रोलियम पदार्थ आपूर्ति हुने बताइएको छ । ७० किलोमिटर...

पूर्वमन्त्री साहविरुद्ध विशेष अदालतमा ३२ करोडको मुद्दा

काठमाडौँ । पूर्वमन्त्री सञ्जयकुमार साहविरुद्ध अवैध सम्पत्ति लुकाएको आरोपमा विशेष अदालतमा मुद्धा दर्ता भएको छ । श्रीमतीसहित १३ जनाको नाममा लुकाएर राखेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले शुक्रबार साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । साहले गैरकानुनी गतिविधिबाट रकम आर्जन गरेको आरोप उनीमाथि छ । विभागले अनुसन्धान गरी...

ब्यापारीको अफिस किन गए मातृका यादव ?

काठमाडाैं / उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले व्यापारीहरूकै संरक्षणमा मुलुकमा कालोबजारी हुने गरेको खुलासा गरेका छन् । मन्त्री यादवले कालो बजारी नियन्त्रणका लागि व्यापारीहरूले सरकारलाई सहयोग नगरेको दाबी पनि गरे । शुक्रबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँगको सामूहिक भेटमा कालो बजारी हुन नदिन व्यापारीहरूले अभियाननै चलाउनुपर्ने आवश्यकता...

अर्थमन्त्री भन्छन्- सरकारी ढुकुटी रित्तो छ

काठमाडाैं/ सरकारले मुलुकको आर्थिक अवस्थालाई समेटेर श्वेतपत्र ल्याएको छ । अर्थ मन्त्रालयले पूर्ण विवरण सार्वजनिक गर्नुअघि अर्थमन्त्री डा. युवराज खतिवडाले श्वेतपत्रको साक्षेप संसद्लाई जानकारी गराएका छन् । अर्थमन्त्री खतिवडाले बजेट अनुशासन पलना नहुँदा देशको ढुकुटी लगभग रित्तो हुने अवस्थामा पुगेको बताएका छन् । उनले उत्पादनमूकलभन्दा वितरणमुखी बजेटका कारण अपेक्षित...