अर्थ/वाणिज्य

व्यवसायीको धम्कीले सरकार डराउँदैन, सिन्डिकेट तोडिन्छ : मन्त्री यादव

सुर्खेत–उद्योग, बाणिज्य तथा आपूर्तीमन्त्री मातृका यादवले सिन्डिकेटविरुद्ध यातायात व्यवसायीले दिएको धम्कीले सरकार विचलित नहुने बताएका छन् । यातायात व्यवसायीले जनतालाई सेवा भन्दा पनि बढी सास्ती दिएको भन्दै सरकारले कुनै हालतमा सिन्डिकेटलाई तोडेरै छाड्ने बताए । बुधवार भुकम्प मापन केन्द्र सुर्खेतको भवन उद्घाटन गर्न सुर्खेत आइपुगेका मन्त्री यादवले यस्तो बताएका...

त्रिभुवन विमानस्थलबाट १४ किलो सुनकाण्डका मुख्य अभियुक्त पक्राउ

काठमाडौं– प्रहरीले १४ किलो अवैध सुनकाण्डमा मुछिएका चिनियाँ नागरिक जेजोहोङलाई पक्राउ गरेको छ । फरार अभियुक्तको रुपमा रहेकी उनलाई प्रहरीले चीनबाट नेपाल आउने क्रममा मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । प्रहरीले २०७४ भदौ १४ गते काठमाडौंको सामाखुसी डेरा गरी बस्ने सिन्धुपाल्चोकका पेम्बादोर्जे शेर्पाको कोठाबाट १४ किलो सुन...

रेलमार्गमा लगानी गर्न प्रस्ताव गरेका छौँ : परराष्ट्रमन्त्री

काठमाडौं / परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले केरुङ काठमाडौं पोखरा लुम्बिनी रेलमार्गमा लगानी गरिदिन चीनलाई प्रस्ताव गरेको बताएका छन् । ६ दिने औपचारिक भ्रमणबाट आज फर्केका उनले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा पत्रकारसँगको कुराकानीका क्रममा यस्तो बताएका हुन् ।

सबै क्षेत्रकाे कार्टेलिङ तोडिन्छ : अर्थमन्त्री खतिवडा

पर्सा / अर्थमन्त्री डा. युवराज खतिवडाले जुनसुकै क्षेत्रमा हुने कार्टेलिङ तोडिने बताएका छन् । अर्थ मन्त्रालयको राजश्व समितिले वीरगञ्जमा आयोजना गरेको सुझाव संकलन कार्यक्रममा मन्त्री खतिवडाले प्रतिस्पर्धी ढङ्गमा व्यवसाय गर्न सबैले पाउनुपर्ने बताए । वीरगञ्ज उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘उद्योगी व्यापारीहरुले कार्टेलिङ...

शेयर कारोबारका बारेमा जनचेतना जगाउन आवश्यक भएको ठहर

मकवानपुर, ६ बैशाख । जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले शेयर कारोबारका बारेमा व्यापक जनचेतना जगाउनु आवश्यक भएको बताएका छन् । मकवानपुर उद्योग वाणिज्य संघ तथा नेपाल धितोपत्र बोर्डको संयूक्त आयोजनामा आज हेटौँडामा भएको ‘पुँजी बजार सम्वन्धी जनचेतना अभिवृद्धि तथा प्रशिक्षण एवं अन्तरक्रिया कार्यक्रम’ मा बोल्दै प्रमुख खुलालले यस्तो...

मनोज पुनको अपराधलाई नेताको साथ: रसियन महिलालाई पुर्याइन्थ्यो भारत

बुटवल – प्रहरी इन्काउन्टरमा मारिएका रुपन्देहीका मनोज पुनको आपराधिक क्रियाकलापमा नेतादेखि व्यवसायीहरूको साथ रहेको पाइएको छ । अपराधमा संलग्न मनोज पुनलाई व्यापारीको हरेक सूचना पुर्‍याउने र रकम असुलीमा सहयोग गरेको तथ्य फेला पारेपछि माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेसहित नेता तथा व्यवसायीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । रुपन्देहीका...

यातायात समितिले धमाधम बैंक खाताबाट पैसा निकाल्न थाले

व्यवसायीलाई आन्दोलनमा उत्रिन आह्वान गरिरहेका समितिले धमाधम खाताबाट पैसा निकाल्न थालेका छन् सार्वजनिक यातायातमा सिन्डिकेट अन्त्य गर्ने सरकारी निर्णयसँगै विभिन्न यातायात समितिहरूले आफ्ना बैंक खाताबाट धमाधम पैसा निकाल्न थालेका छन् । समितिहरूले एकैपटक ठूलो परिमाणमा पैसा निकाल्न थालेको जानकारी जिल्लाबाट गृह मन्त्रालयमा प्राप्त हुन थालेका छन् । बुधबारसम्म कास्कीबाट मात्र यातायात...

यातायात व्यवसायीको बैंक खाता रोक्का हुन सक्ने

काठमाडौँ । सिन्डिकेट तोड्ने गरी सरकारले गरेको निर्णयपछि यातायात समितिले थप आन्दोलनका कार्यक्रम घोषणा गरेर सरकारलाई चुनौती दिन थालेपछि सरकारले त्यस्ता समितिको बैंक खाता रोक्का गर्ने तयारी थालेको छ । सरकारको निर्णय नमानेर व्यवसायी समितिले उल्टै दादागिरी देखाउन थालेपछि सरकार कडा रुपमा प्रस्तुत हुन लागेको समाचार रातोपाटीले लेखेको छ...

उद्योग वाणिज्य संघको अतिथि गृह निर्माणस्थलमा भूमिपूजा

मकवानपुर, ५ बैशाख । मकवानपुर उद्योग वाणिज्य संघले पल्पसा सभागृह परिसरमा निर्माण गर्न थालेको अतिथि गृह निर्माणस्थलको भूमिपूजन गरिएको छ । अक्षय तृतीयाको शुभ साईतको अवसर पारेर आज पल्पसा सभागृह परिसरमा संघका अध्यक्ष कृष्ण कटुवाल, पूर्व अध्यक्ष जीवनकाजी माकाजु श्रेष्ठ, पूर्व अध्यक्ष एवम् नेउवामहासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी र...

प्रहरीको निशानामा ट्याक्सी, एक घण्टामा नै २५ भन्दाबढी कारवाहीमा

ललितपुर । ललितपुर ट्राफिक प्रहरीले मंगलबारदेखि ट्याक्सीको मिटर अनुसार गन्तब्यमा जान नमान्ने ट्याक्सी चालकलाई कारवाही सुरु गरेको छ । प्रहरीले अभियान चलाएरै काम थालेको हो । ट्याक्सी चालकहरुले मिटरमा जान नमानेको, अत्यधिक रकम मागेकोजस्ता गुनासा पर्न थालेपछि कारवाही अभियान सुरु गरेको हो । मंगलबार बिहानबाट अभियान सुरु गरिएको र...