अर्थ/वाणिज्य
भानु मावि भवन निर्माणमा अर्को रहस्य बाहिरियो : हेर्नुहोस् हात्तिपाइले नै दुब्लो
मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्वर ३ मा रहेको श्री भानु माद्यमिक विद्यालयमा नयाँ भवन निर्माणको क्रममा निर्माण समितिले जानीजानी गम्भीर लापरवाही गरेको अर्को तथ्य तु खबरले फेला पारेको छ । स्वीकृत नक्सा अनुसार बनाउनु पर्ने संरचना त्यस विपरित बनाई गम्भीर लापरवाही गरेको फेला परेको हो । स्वीकृत गरिएको...
आइतबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौं । आज साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ घटेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ प्रतितोला एक सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला ९२ हजार एक सय रुपैयाँमा कारोबार भाइरहेको छ । यसअघि शुक्रबार...
भानु माविमा भवन बनाउँदा बिम नै गायब, १६ एमएमको रड ६ वटा हुनुपर्नेमा ४ वटामात्रै प्रयोग
मकवानपुर । मकवानपुरगढी गाउँपालिकास्थित भानु माद्यमिक विद्यालय परिसरमा निर्माण थालिएको नयाँ भवन प्रचलित मापदंड विपरित रहेको तथ्य बाहिर आएको छ । मकवानपुरगढी गाउँपालिका वडा नं. ३ मा रहेको सो विद्यालय परिसरमा निर्माण भइरहेको १२ कोठे भवन आचारसंहिता र भवन निर्माण सम्बन्धी मापदंड विपरित रहेको खुलेको हो । सो भवन...
बागमती प्रदेश सभाको बैठकबाट २ वटा विधेयक पारित
मकवानपुर । बागमती प्रदेश सभाको आज शुक्रबार बसेको बैठकले २ वटा विधेयक पारित गरेको प्रदेश सभा सचिवालयले जनाएको छ । आजको बैठकले सरकारद्वारा आगामी आर्थिक वर्ष ०७७/७८ को लागि प्रस्तुत गरिएको विनियोजन विधेयक २०७७ र अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७७ लाई बहुमतले पारित गरेको हो ।...
बागमती प्रदेश – संसोधन नगरी आगामी आवको बजेट बहुमतले पारित
मकवानपुर । बागमती प्रदेश सरकारद्वारा प्रस्तुत गरिएको विनियोजन विधेयक २०७७ लाई आज शुक्रवार बसेको प्रदेश सभा बैठकले पारित गरेको प्रदेश सभा सचिवालयले तु खबरलाई जानकारी दिएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेलले विनियोजन विधेयक पारित होस् भनी प्रस्ताव गरेका थिए । त्यसैगरी आजको बैठकले...
बिनियोजन विधेयकमा गम्भीर त्रुटी, बागमती प्रदेशको बजेट मेचीदेखि महाकालीसम्म
मकवानपुर । बागमती प्रदेश सरकारले पेश गरेको विनियोजन विधेयक २०७७ मा गम्भीर त्रुटी रहेको तथ्य तु खबरले फेला पारेको छ । प्रदेशसभामा असार १६ गते पेश गरिएको विनियोजन विधेयकमा समाजिक विकास मन्त्रालय तर्फको बजेटमा आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गई मेची, महाकाली, सेती, धौलागिरी, पर्वत, जनकपुर, लुम्बिनी र दैलेखका अस्तापतालमा पनि...
भीमफेदी कुलेखानी सडक भाँसियो, ठाउँठाउँमा पहिरो (हेर्नुहोस् भिडियो )
भीमफेदी, मकवानपुर । भीमफेदी कुलेखानी सडकमा विभिन्न स्थानमा पहिरो गएपछि सवारी अवरुद्ध भएको छ । हेटौंडादेखि संघीय राजधानी काठमाडौँ जाने छोटो दुरीको सडक मार्गको भीमफेदी कुलेखानी खण्डको बिभिन्न स्थानमा हिजोसाँझदेखि झरेको पहिरो आज दिनभरि पनि पन्छाउन सकिएको छैन । भीमफेदी कुलेखानी सडक स्तरोन्नति गर्न ३२ करोडको ठेक्का सम्झौता भएपछि...
मकवानपुरका १० स्थानीय तह – नीति तथा कार्यक्रम र अनुमानित बजेट यस्तो
मकवानपुर । मकवानपुरका ९ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष ०७७/७८ को लागि अनुमानित बजेट, वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका र ७ वटा गाउँपालिकाले हिजो बुधबार अनुमानित बजेट , नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । बागमती गाउँपालिकाले भने असार २० गते...
राक्सिराङको बजेट ५१ करोड १५ लाख, हेर्नुहोस् नीति, कार्यक्रम तथा बजेटको पूर्णपाठ
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७७/७८ को लागि कूल ५१ करोड १५ लाख, २० हजार २ सय ७७ रुपैँयाको अनुमानित बजेट सार्वजनिक गरेको छ । आज बसेको सातौँ गाउँसभाको अधिवेशन बैठकमा अनुमानित बजेट र वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । संघीय सरकारबाट ३६ करोड...
बकैया गाउँपालिकाको नीति, कार्यक्रम तथा बजेट : प्रज्ञा प्रतिष्ठान गठन गर्नेदेखि खरको छानामुक्त गाउँ बनाउनेसम्म ( हेर्नुहोस्, नीति, कार्यक्रम तथा बजेटको पूर्णपाठ )
मकवानपुर । बकैया गाउँपालिकाको गाउँसभा आज सम्पन्न भएको छ । सभामा प्रस्तुत गरिएको आ.व २०७७/०७८ को नीति तथा कार्यक्रममा गाउँपालिका स्तरीय प्रज्ञा प्रतिष्ठान गठन गर्ने प्रस्ताव गरिएको छ । साहित्यको उन्नयन र विकासका लागि केन्द्रमा नेपाल प्रज्ञा प्रतिष्ठान रहेजस्तै गाउँपालिका स्तरमा गाउँ प्रज्ञा प्रतिष्ठान गठन गर्ने प्रस्ताव गरिएको छ...









