अर्थ/वाणिज्य

मकवानपुरगढी गाउँपालिकामा चालु आवमा ८० प्रतिशत काम सम्पन्न

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाले चालु आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रममा पारित योजनामध्ये ८० प्रतिशत काम सम्पन्न भएको जनाएको छ । चालु आर्थिक वर्षको मसान्तसम्ममा ९० प्रतिशत काम सम्पन्न हुने लक्ष्य अपेक्षा लिइएको प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत पुडासैनीले चालु आवमा सामाजिक,...

अख्तियारको दायरामा ल्याउने तयारीले निजी क्षेत्र त्रसित

सरकारले निजी क्षेत्रमा हुने आर्थिक अनियमिततालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको छानबिन दायरामा ल्याउने तयारी गरेपछि उद्योगी, व्यवसायी त्रसित बनेका छन् । कर छली, अकुत सम्पत्ति आर्जन, स्रोत नखुलेको लगानी लगायत विषय राजस्व अनुसन्धान विभाग, आन्तरिक राजस्व विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हेर्दै आएकोमा फेरि अख्तियारको क्षेत्राधिकारमा राखेर हतोत्साहित गर्न खोजेको...

आर्थिक मन्त्रीले ढाँटे, सभामुखले विश्वास गुमाए, बजेट पास हुन दिन्नौं : बानियाँ

हेटौंडा । बागमती प्रदेश प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले संसदलाई ढाँटेको बताएका छन् । संचारकर्मीहरुसंगको कुराकानीमा प्रमुख प्रतिपक्ष दलका नेता बानियाँले विनियोजन विधेयक सांसदहरुलाई उपलव्ध नगराएर आर्थिक मामिला मन्त्री ढुंगेलले संसद र सांसदलाई ढाँटेको बताएका हुन् ।...

सत्तापक्षले चिटिङ गर्यो, लाजमर्दो काम भयो : प्रदेशसभा सदस्य पौडेल

मकवानपुर । प्रदेशसभा सदस्य रमेश पौडेलले बिनियोजित बजेट टेबुल गरिसकेपछि पनि त्यसको प्रति प्रदेश सदस्यहरुको हातमा नपरेकोमा आपत्ति जनाएका छन् । तु खबर डटकमसँग कुरा गर्दै प्रदेशसभा सदस्य पौडेलले सत्तापक्षले चिटिङ गरेको आरोपसमेत लगाए । बिनियोजित बजेट टेबुल भएपछि सभामुख सानुकुमार श्रेष्ठ कहाँ गएर यसबारे जिज्ञासा पनि राखिएको र...

मन्त्री ढुंगेलका कारण प्रदेशसभामा बबाल

मकवानपुर । बागमती प्रदेशसभामा आज आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बिनियोजित बजेट टेबुल गरेका छन् । बिनियोजित बजेट टेबुल गर्नुअघि नै रातो किताब सबै प्रदेश सदस्यको हातहातमा पुग्नुपर्नेमा अर्थ मन्त्रालयको लापरवाहीले बिनियोजित बजेटको रातो किताब प्रदेश सदस्यहरुले पाउन सकेनन् । जसका कारण प्रदेश सदस्यहरुले व्यापक विरोध गरेपछि...

बजेटमा विवाद, सत्तापक्षकै सांसदको अवरोध, संसद अनिश्चित

मकवानपुर । बागमती प्रदेश, प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बजेटको विषयमा सत्तारुढ दलभित्रै तिब्र विवाद भएपछि सभामुख सानुकुमार श्रेष्ठले कार्य व्यवस्था परामर्श समितिको बैठकबाट निर्णय समेत नगरी, बैठक स्थगित गरिनेबारे कुनै पूर्व जानकारी नदिई बैठक स्थगित गरिदिएका छन् । प्रदेश सभामा गत असार १ गते...

हेर्नुहोस्, कृषि, भूमि एवम् सहकारीको क्षेत्रमा प्रदेश सरकारको बजेट

मकवानपुर । बागमती प्रदेश सरकारले हिजो आर्थिक वर्ष ०७७/०७८ को बजेट सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको बजेट अनुसार, दुग्ध किसानलाई प्रोत्साहन गर्न प्रतिलिटर २ रुपैयाँको दरले प्रोत्साहन रकम दिइने छ । सो रकम किसानको खातामै जाने व्यवस्था मिलाइने भएको छ । प्रदेश सरकारले संरक्षित कृषि, सुनिश्चित बचतको नाराका...

बागमती प्रदेशको हिजोको बजेट : यसरी समेटिएको छ स्वास्थ्य क्षेत्र

मकवानपुर । बागमती प्रदेश सरकारले हिजो आर्थिक वर्ष ०७७/०७८ को बजेट सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको बजेट अनुसार, प्रदेश सरकारले कोरोना संक्रमणलाई रोकथाम र नियन्त्रण गर्न परीक्षणको दायरा वृद्धि गर्ने, पीसीआर ल्याब थप सेवा सुरु गर्ने, कन्ट्याक्ट ट्रेसिङको काम गर्ने व्यवस्था मिलाएको छ । सरकारले बजेट मार्फत् चिकित्सक,...

बागमती प्रदेश सरकारको आर्थिक वर्ष ०७७/७८ को बजेट (हेर्नुहोस पुर्ण बजेट )

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७७/७८ का लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैँयाको अनुमानित बजेट सार्वजनिक गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेलले उक्त बजेट सार्वजनिक गरेका हुन् । उक्त बजेटमध्ये चालू खर्चतर्फ रु २६ अर्ब २८ करोड...

बजेट राम्रो छ तर कार्यान्वयनमा समस्या हुन सक्छ : प्रेमबहादुर पुलामी छिन्तु

मकवानपुर । बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी छिन्तुले आगामी आर्थिक वर्ष ०७७/०७८ का लागि चालु आर्थिक वर्षभन्दा ठूलो रकमको बजेट प्रस्तुत गर्न सरकार सफल भएकोमा खुसी व्यक्त गरेका छन् । उनले आज प्रस्तुत बजेट कार्यान्वयन गर्न सके राम्रो हुने बताएका छन् । तर उनले कोरोनाको जोखिमको समयमा आएको महत्वकांक्षी...