अर्थ/वाणिज्य

अस्ट्रेलियाले नेपाललाई थप १ करोड ५० लाख अष्ट्रेलियन डलर सहयोग गर्ने

नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले अस्ट्रेलियाका विदेशमन्त्री पेनी वङसँग मेलबर्नमा द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटमा नेपाल–अस्ट्रेलिया सम्बन्ध, बाढीपछिको पुनःस्थापना, जलवायु परिवर्तन, नेपाली विद्यार्थी, शिक्षा तथा आर्थिक सहकार्यका विषयमा छलफल भएको छ। भेटमा नेपालका तर्फबाट हालैको विनाशकारी बाढीपछि अस्ट्रेलियाले गरेको सहयोगप्रति धन्यवाद दिइएको थियो। त्यस अवसरमा अस्ट्रेलियाले नेपालमा बाढीपीडितको राहत तथा...

अग्रवाललाई थुनामुक्त गराउने प्रयास असफल, बन्दीप्रत्यक्षीकरण रिट नै दरपीठ

व्यवसायी शंकरलाल अग्रवाललाई थुनामुक्त गर्न माग गर्दै दायर गर्न खोजिएको बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतले दर्ता गर्न अस्वीकार गरेको छ। बुधबार सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले सर्वोच्च प्रशासनले रिट दरपीठ गर्ने निर्णयलाई सदर गरेको हो। सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले अग्रवाललाई थुनामा पठाउने आदेश दिएपछि उनका परिवारका...

नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण

भदौ १० गते आएको विनाशकारी बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८३/८४ मा सुस्त भई ३ दशमलव ७ प्रतिशतमा झर्ने विश्व बैंकले प्रक्षेपण गरेको छ । यसअघि विश्व बैंकले उक्त आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ४ दशमलव २ प्रतिशत रहने प्रक्षेपण गरेको...

साढे दुई महिनामा २ खर्ब २५ अर्ब राजस्व उठ्यो

चालू आर्थिक वर्ष २०८३/८४ को साढे दुई महिना बितिसक्दा पनि सरकारको विकास बजेट खर्च निराशाजनक देखिएको छ। असोज तेस्रो सातासम्म सरकारले पुँजीगततर्फ १२ अर्ब २५ करोड १० लाख रुपैयाँ मात्रै खर्च गरेको छ, जुन वार्षिक विनियोजनको २.८४ प्रतिशत हो। सरकारले यस वर्ष पुँजीगत खर्चका लागि ४ खर्ब ३१ अर्ब...

नक्सा पास गरिदिने भन्दै २ लाख ८ हजार घुस,तीन जनाविरुद्ध मुद्दा

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकामा कार्यरत इन्जिनियर दीपा कार्कीसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले घर निर्माणको स्वीकृति तथा नक्सा पासलगायतका काम गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएको पुष्टि भएपछि शुक्रबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो। नगरपालिकाको भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुखसमेत...

नेपाल एयरलाइन्सका ६ पाइलटले एकैपटक दिए राजीनामा

नेपाल वायुसेवा निगमका ६ जना पाइलटले एकैपटक राजीनामा दिएपछि राष्ट्रिय ध्वजावाहकको उडान व्यवस्थापनमा दबाब बढेको छ । राजीनामा दिनेमा वाइडबडी जहाजतर्फ दुई क्याप्टेन र तीन कोपाइलट छन् भने न्यारोबडी उडाउने एक कोपाइलट रहेका छन् । वाइडबडीका क्याप्टेन सञ्जय पौडेल र प्रशान्त श्रेष्ठसँगै कोपाइलट प्रणव मल्ल, रविन्द्र जोशी र रेशिमा...

योजनामा ‘कागजी काम’ देखाएर ९ लाख बढी भुक्तानी, ८ जनामाथि मुद्दा

मुगुमा विद्युत् निर्माण योजनामा वास्तविक कामभन्दा बढी रकम भुक्तानी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित तत्कालीन सब–इन्जिनियर, लेखापाल, वडाध्यक्ष तथा उपभोक्ता समितिका पदाधिकारीलाई प्रतिवादी बनाउँदै विशेष अदालत, काठमाडौंमा...

७४ लाख घुस प्रकरणमा नेपाल बैंकका तत्कालीन अध्यक्ष अधिकारी दोषी ठहर

कर्जा प्रवाहका क्रममा व्यवसायीहरूसँग ७४ लाख रुपैयाँ घुस लिएको अभियोग लागेका नेपाल बैंक लिमिटेड सञ्चालक समितिका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारी दोषी ठहर भएका छन् । विशेष अदालतले सोमबार अधिकारीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो । विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अधिकारीसँग...

दसैँमा यातायात भाडा नबढाउने महासंघको घोषणा

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आगामी चाडपर्वमा सार्वजनिक यातायातको भाडा वृद्धि नगर्ने जनाएको छ। प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको सोमबार बसेको बैठकमा महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले पेट्रोलियम पदार्थको मूल्य यथावत् रहेसम्म यात्रुलाई अहिले कायम भाडादरमै सेवा दिने प्रतिबद्धता व्यक्त गरे। उनका अनुसार चाडपर्वमा अग्रिम टिकट बुकिङ व्यवस्थापन गर्नु मात्रै पर्याप्त...

अमेरिकी डलरको बिक्रीदर १५३.६१ रुपैयाँ, पाउन्ड २०३ रुपैयाँ नाघ्यो

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदरअनुसार आज अमेरिकी डलरको खरिददर १५३.०१ रुपैयाँ र बिक्रीदर १५३.६१ रुपैयाँ कायम भएको छ। यस्तै युरोपियन युरोको खरिददर १७४.३० रुपैयाँ र बिक्रीदर १७४.९८ रुपैयाँ रहेको छ। बेलायती पाउन्ड स्टर्लिङको खरिददर २०२.७८ रुपैयाँ र बिक्रीदर २०३.५८ रुपैयाँ कायम भएको छ। स्विस फ्र्याङ्कको खरिददर...