शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण पुष्टि
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ ।
शनिबार ज्वरो आएपछि पाटन अस्पताल भर्ना भएका उनमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले जानकारी दिए ।
उनका अनुसार मन्त्री पोखरेल अहिले पनि अस्पतालमै छन् ।
यसअघि शनिबार पर्यटनमन्त्री योगेश भट्टराईलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।
