नेपालमा थप १५७३ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलन मार्फत सो कुराको जानकारी दिएका छन् ।
यससँगै नेपालमा कोरोना संक्रमण हुनेको कुल संख्या ७३ हजार ३ सय ९४ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप ८ सय ८५ जना संक्रमण मुक्त भई डिस्चार्ज भएसँगै नेपालमा संक्रमण निको हुनेको संख्या ५३ हजार ८ सय ९८ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा १० हजार १ सय २३ जनाको पीसीआर विधिबाट नमुना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हाल देशभर संक्रिय संक्रमितको संख्या १९ हजार १९ जना पुगेको छ ।