श्राद्धको प्रसाद खाँदा एक जनाको मृत्यु, १९ जना बिरामी

धनगढी । कैलालीको गोदावरी नगरपालिकामा श्राद्धको प्रसाद खाँदा एक जनाको मृत्यु भएको छ भने १९ जना बिरामी परेका छन्। श्राद्धको प्रसाद खाँदा १८ वर्षीय सुरेश बोहराको मृत्यु भएको हो।
नगरपालिकाको वडा नम्बर १० खमौरामा २७ गते स्थानीय भीम विष्टका घरमा गरिएको श्राद्धमा प्रसाद खाएकाहरू बिरामी भएका हुन्।
मृतक पुरुष २७ गतेदेखि नै बिरामी परेका थिए । पद्मा अस्पतालमा उपचार गरी फर्केका बोहरा फेरि बिरामी परेपछि उनलाई धनगढीको सेती प्रादेशिक अस्पताल ल्याइएको थियो । उनको मंगलबार बेलुका ५ बजेतिर उपचारको क्रममा मृत्यु भएको हो ।
श्राद्ध आएर बिरामी परेकाहरूमध्ये १२ सेती प्रादेशिक अस्पतालमा, ३ जना नवजीवन अस्पतालमा, २ जनाको माया मेट्रो अस्पताल धनगढीमा र २ जनाको पद्मा अस्पताल अत्तरियामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।