आज साँझको लागि तय भएको मन्त्रिपरिषद् बैठक स्थगित

तु खबर संवाददाता
२०७७ भाद्र २५, बिहीबार १५:००
file-photo

काठमाडौं । बिहीबार बेलुकाका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ ।

सत्तारुढ दल नेकपाको शुक्रबार बस्ने स्थायी समिति बैठकको तयारीमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली लाग्नुपर्ने भएकाले आज बेलुकाको लागि तयार भएको मन्त्रिपरिषद् बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आज साँझ बोलाइएको मन्त्रीपरिषद् बैठक शुक्रबार बस्नेगरी स्थगित भएको स्रोतले बतायो । उक्त बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति गर्ने तयारी गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*