नेपाली काँग्रेस मकवानपुरद्वारा सानोपोखरा क्लबलाई २५ हजार सहयोग

तु खबर संवाददाता
२०७७ भाद्र २४, बुधबार १४:५९

मकवानपुर । नेपाली काँग्रेस मकवानपुरले बुधवार हेटौंडा–५ सानोपोखरा कलबलाई २५ हजार रुपैयाँ सहयोग गरेको छ ।

काँग्रेस मकवानपुरले नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोईरालाको १०७ औं जन्मजयन्तीको अवसरमा हेटौंडा सानोपोखरा क्लबलाई २५ हजार सहयोग गरेको हो ।

उक्त रकम बुधवार नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् काँग्रेस मकवानपुरका सभापति बानियाँले क्लवका अध्यक्षलाई नगद २५ हजार सहयोग हस्तान्तरण गरेका हुन् ।

क्लबले हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔं नारासहित एक सातादेखि कोरोना महामारीका कारण कुनै काम नभएर श्रम गर्न नपाएका श्रमिक, मजदुरहरुलाई खाद्यान्न सहयोग गरिररहेको छ ।

नेता बानियाँले दुःखी, गरिव, श्रमिक, मजदुरको सहयोगलाई निरन्तरता दिन क्लबका पदाधिकारीलाई आग्रह गर्दै आगामी दिनमा पनि आवश्यक सहयोग गर्ने प्रतिवद्दता व्यक्त गरे ।

रकम हस्तान्तरण कार्यक्रममा कांग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछाने, निवर्तमान सभापति रघुरमण न्यौपाने, नगर सभापति आनन्दराम पराजुली, तरुण दल नगर सभापति सुनिल गिरी, लोकतान्त्रिक खेलकुद संघ मकवानपुरका सचिव प्रदिप कँडेल, समाजसेवी राजेन्द्र श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*