परिवारका सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्यमन्त्री ढकाल क्वारेन्टाइनमा
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको परिवारका सदस्यलाई कोरोना संक्रमण भएको छ ।
तीन दिनअघि परिवारका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि मन्त्री ढकाल होम क्वारेन्टाइनमा बसेका हुन् ।
मन्त्री ढकाललाई भने कोरोना संक्रमण पुष्टि भएको छैन ।
