पर्यटनका लागि मकवानपुरका ३ क्षेत्र छनौट

तु खबर संवाददाता
२०७७ फाल्गुन १, शनिबार ०९:२१
file-photo

मकवानपुर । सरकारले पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास प्रवद्र्धन गर्ने उद्देश्यले प्रदेश र स्थानीय तहसँगको साँझेदारीमा कार्यक्रम संचालन गर्न मकवानपुरका तीन स्थानीय तहका तीन स्थान छनौट गरेको छ ।

मकवानपुरमा छनौट भएका स्थानहरुमा कैलाश गाउँपालिकाको कैलाश बैकुण्ठ गुप्तेश्वरीधाम पर्यटन विकास आयोजना, इन्द्रसरोवरको फाखेल मैत्रीपार्क र भीमफेदी गाउँपालिकाको ऐतिहासिक चिसापानीगढी क्षेत्र परेका छन् ।

देशभर दुई सय नमुना आयोजना गरिएकोमा मकवानपुरमा तीन क्षेत्र छनौट भएको हो । सँस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले पूर्वाधार निर्माण तथा पर्यटन उपज विकास साझेदारी (संचालन तथा व्यवस्थापन) निर्देशिका २०७७ अनुसार, प्रदेश र स्थानीय तहसँग लागत साझेदारीमा काम गर्ने दुई सय आयोजना छनौट गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*