मंगलवार सुनचाँदीको भाउ बढ्यो
नेपाली बजारमा मंगलवार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमवारको तुलनामा मंगलवार सुनको भाउ प्रतितोला ९ सय रुपैयाँले बढेको हो ।
भाउ बढेसँगै मंगलवाल सुन प्रतितोला ९८ हजार ४ सय रुपैयाँ तोकिएको छ ।
त्यस्तै, आज तेजाबी सुन प्रतितोला ९७ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
चाँदीको भाउमा पनि मंगलबार सामान्य वृद्धि भएको छ । आज चाँदी तोलामा ३० रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँ पुगेको छ ।
