कोरोना परीक्षणका लागि प्रधानमन्त्री ओलीको स्वाब संकलन
काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको कोरोना भाइरस संक्रमण परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।
शुक्रबार प्रधानमन्त्री ओलीसहित उनका सल्लाहकारहरूको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
यसअघि बिहिवार अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित उनको परिवारका सदस्यहरूको पनि कोरोना परीक्षण गरिएको थियो । सबै जनामो रिपोर्ट नेगेटिभ आएको थियो ।
