कोरोना संक्रमणका कारण हरेक १५ सेकेन्डमा एकको मृत्यु, हालसम्म सात लाखको गयो ज्यान

एजेनसी
२०७७ श्रावण २१, बुधबार १५:३१
filr-photo

कोरोना महामारीका कारण मृतकको संख्या बढेर सात लाख नाघिसकेको छ । अमेरिका, ब्राजिल, भारत र मेक्सिकोमा मृत्यु हुनेको संख्यामा तीब्र वृद्धि भइरहेको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार यो महामारीले हरेक दिन करिब ५ लाख ९ सयको ज्यान लिइरहेको छ । अर्थात्, प्रत्येक घण्टामा २ सय ४७ र हरेक १५ सेकेन्डमा एक व्यक्तिको मृत्यु भइरहेको छ । यो तथ्य पछिल्लो दुई हप्ताको आँकडामा आधारित छ ।

अमेरिका र ल्याटिन अमेरिकामा कोरोना महामारीले भीषण स्वरुप लिएको छ जहाँ यो रोगमाथि रोकथाम गर्ने कोसिस त जारी छ तर स्थिती सम्हालिएको जस्तो देखिएको छैन ।

ल्याटिन अमेरिकामा सुरुमा महामारीको प्रकोप त्यति गम्भीर थिएन तर बाक्लो जनसंख्या भएको शहर र गरिबीका कारण यहाँको प्रशासन रोकथाम गर्न लाचार देखिएको छ ।

यूनाइटेड नेशन्स ह्यूमन सेटलमेन्ट प्रोग्रामका अनुसार ल्याटिन अमेरिकामा ६४ करोड जनसंख्या रहन्छ जसमा १० करोडभन्दा बढी मानिस निकै दयनीय अवस्थामा रहन्छन् ।

यीमध्ये धेरैजसो मानिसहरु असंगठित क्षेत्रमा काम गर्छन् र सामाजिक सुरक्षाको नाममा उनीहरुसँग केही पनि छैन ।

महामारीको क्रममा पनि यीमध्ये धेरैजसो मानिसहरुले काम गर्नु परिरहेको छ । अर्कोतिर ३३ करोड जनसंख्या भएको अमेरिका पनि कोरोना संकटसँग नराम्रोसँग जुध्नु परिरहेको छ ।

अमेरिकाका महामारी रोगका शीर्ष विशेषज्ञ डा. एन्थोनी फाउचीले सोमबार जुन राज्यमा कोरोना संक्रमितको संख्या बढिरहेको छ, त्यहाँ पुनः लकडाउने गर्नेबारे सोच्न आवश्यक भएको बताएका छन् ।

स्रोतः रातोपाटी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*