थप २५९ जनामा संक्रमण पुष्टि, कुल संख्या २१ हजार नाघ्यो

काठमाडौं । नेपालमा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलन मार्फत सो कुराको जानकारी दिएका हुन् ।
योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या २१ हजार नाघेको छ । नेपालमा मंगलवारसम्म २१ हजार ९ जनामा संक्रमण पुष्टि भएको छ ।
मंगलबार ६५ जना उपचारपछि निको भइ डिस्चार्ज भएका छन्। नेपालमा हालसम्म १५ हजार २६ जना उपचारपछि निको भएका छन्।
नेपालमा हालसम्म ५८ जना संक्रमितको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा ७ हजार ६ सय ८७ जनामा गरिएको पिसिआर परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए ।