सप्तरीमा भोलिदेखि निषेधाज्ञा

तु खबर संवाददाता
२०७७ श्रावण १९,सोमबार १९:०३

सप्तरी । सप्तरी जिल्लामा भोलि मंगलबारदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले मंगलबारदेखि बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो।

कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएका कारण यसको रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए ।

उनका अनुसार निषेधाज्ञा आगामी साउन २६ गते साँझ ५ बजेसम्म जारी रहने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*