हेटौंडा–४ सूर्यचोकको नाम सुस्मिता चोक
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ सूर्यचोकको नाम सुस्मिता चोक राखेका छन् । गत असार १ गते हत्या भएकी सुस्मिता केसी थापाको सम्झनामा उक्त चोकको नाम सुस्मिता चोक राखिएको स्थानीयवासीको भनाइ रहेको छ ।
सुस्मिताको आफ्नै ससुरा प्रकाश थापा, सासु तुलसा थापा र नन्दहरु सीता थापा र दुर्गा थापा कार्की मिलेर हत्या गरेको थियो । ९ महिना अघि दुर्घटनामा आफ्नो श्रीमान रुपेन्द्र थापा गुमाएकी सुस्मितालाई श्रीमानको बिमा बापत केही रकम आउने भएको र उक्त रकम सुस्मिताले नभई आफुहरुले पाउनुपर्ने उद्देश्यले परिावर नै मिलेर हत्या गरेको थियो ।
सो घटनामा जिल्ला अदालत मकवानपुरले थप अनुसन्धानको लागि उनीहरु चारै जनालाई पुर्वक्षमा थुनामा राख्न आदेश दिएको छ । अदालतले सुस्मिताको ससुरा प्रकाशलाई भीमफेदी कारागार र सासु तुलसा कुमारी थापा, नन्दहरु सीता थापा र दुर्गा थापा कार्कीलाई भरतपुर कारागार पठाइएको छ ।