बागमती प्रदेश – संसोधन नगरी आगामी आवको बजेट बहुमतले पारित

तु खबर संवाददाता
२०७७ असार १९, शुक्रबार १२:४८
file-photo

मकवानपुर । बागमती प्रदेश सरकारद्वारा प्रस्तुत गरिएको विनियोजन विधेयक २०७७ लाई आज शुक्रवार बसेको प्रदेश सभा बैठकले पारित गरेको प्रदेश सभा सचिवालयले तु खबरलाई जानकारी दिएको छ ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेलले विनियोजन विधेयक पारित होस् भनी प्रस्ताव गरेका थिए ।

त्यसैगरी आजको बैठकले खर्च कटौतीको प्रस्ताव पनि अस्विकृत गरेको छ ।

सभामुख सानुकुमार श्रेष्ठले खर्च कटौतीको प्रस्ताव दर्ता गर्ने प्रदेश सभा सदस्यहरुलाई प्रस्ताव फिर्ता लिने समय दिएका थिए तर प्रदेश सभा सदस्यहरुले प्रस्ताव फिर्ता नलिएपछि सो प्रस्ताव अघि सारिएको थियो तर बहुमतले अस्विकार गरेको हो ।

सो प्रस्ताव अस्विकृत भएको सभामुखले घोषणा गरिसकेका छन् ।

यस्तो छ पारित भएको आगामी आवको बजेट

प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष ०७७/७८ का लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैँयाको बजेट बहुमतले पारित गरेको छ ।

बजेटमा चालू खर्चतर्फ रु २६ अर्ब २८ करोड ७३ लाख ३५ हजार र पूँजीगत खर्चतर्फ रु २५ अर्ब १४ करोड १ लाख ५९ हजार विनियोजित गरिएको छ । अर्थात चालुतर्फ ५१.१२ प्रतिशत र पुँजीगत तर्फ ४८.४४ प्रतिशत रकम विनियोजन गरिएको छ ।

बजेटमा कोरोना संक्रमित उपचार सेवामा प्रदेशका १३ वटै जिल्लामा उच्चस्तरी कोरोना अस्पतालको स्थापना, प्रयोगशाला र दक्ष चिकित्स जनशक्ति उपलब्ध गराउने विषयमा उच्च प्राथमिकता दिइने उल्लेख छ ।

उक्त बजेटमा कृषीको उत्पादन, पशुपालन, बाझो जग्गामा सामुहिक खेती गर्ने अभियान र प्रदेशको मुख्यमुख्य शहरमा औद्योगिक क्षेत्रको विस्तार गर्ने योजनालाई प्राथमिकता दिएको छ ।

यसैगरी उक्त बजेटमा मुलुकको राष्ट्रिय अर्थतन्त्रलाई मजबुत तुल्याउने पोष्ट बहादुर बोगटी भीमफेदी– कुलेखानी सुरुङमार्गलाई आगामी ४ वर्षभित्र निमार्ण गर्ने लक्ष्यका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*