काँग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन

तु खबर संवाददाता
२०७७ असार १७, बुधबार १०:०१

काठमाडौं । नेपाली कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ । सांसद छन्त्यालको आज बुधबार बिहान निधन भएको हो ।

मुटुको समस्या भएका उनको शहिद गंगालाल ह्दयरोग केन्द्रमा उपचारका क्रममा निधन भएको हो । मुटुमा सस्मया आएपछि अघिल्लो आइतबार उनको मुटुको शल्ययक्रिया गरिएको थियो ।

उनी समुदायबाट नेपाली कांग्रेसका तर्फबाट समानुपातिक कोटाबाट सांसद बनेकी थिइन् ।

उनको निधनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कांग्रेस नेता डा. शेखर कोइरालाले लगायत अन्य नेताहरुले दुःख व्यक्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*