स्वागत नेपालसहित १२ जनालाई मुद्धा लगाउने तयारी
काठमाडौँ । स्वतन्त्र राष्ट्रिय अभियानका संयोजक अधिवक्ता स्वागत नेपालमाथि प्रहरीले अभद्र व्यवहार अन्तर्गत मुद्धा चलाउने तयारी गरेको छ । उनीसँगै यो मुक्तामा १२ जनालाई आरोपी बनाइदैछ ।
भ्रष्ट्राचार,घुसखोरी र सिमा अतिक्रमण लगायतका विरुद्धमा स्वागत नेपाल नेतृत्वको अभियानले बिभिन्न कार्यक्रमहरु गर्दै आइरहेको थियो ।
सडकमा शरीरबाट रगत बगाउने कार्यक्रमको आयोजना गर्न लागिएको र यो कार्य हिंसात्मक भएकाले उनीसमेत १२ जनालाई पक्राउ गरी अभद्र व्यवहार अन्तर्गत मुद्धा चलाउने तयारी गरिएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिएका छन् ।
