बजेट राम्रो छ तर कार्यान्वयनमा समस्या हुन सक्छ : प्रेमबहादुर पुलामी छिन्तु

तु खबर संवाददाता
२०७७ असार १,सोमबार १९:०६
file-photo

मकवानपुर । बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी छिन्तुले आगामी आर्थिक वर्ष ०७७/०७८ का लागि चालु आर्थिक वर्षभन्दा ठूलो रकमको बजेट प्रस्तुत गर्न सरकार सफल भएकोमा खुसी व्यक्त गरेका छन् ।

उनले आज प्रस्तुत बजेट कार्यान्वयन गर्न सके राम्रो हुने बताएका छन् । तर उनले कोरोनाको जोखिमको समयमा आएको महत्वकांक्षी बजेट कार्यान्वयनमा समस्या आउने बताए ।

भौतीक पूर्वाधारलाई जोड दिएर ल्याइएको बजेट समय सान्दर्भिक समेत नभएको उनले बताए । यतिबेला शिक्षा र स्वास्थ्यलाई केन्द्रमा राखेर बजेट आउनुपर्नेमा त्यसो हुन नसकेको छिन्तुले जानकारी दिए ।

तु खबरसँग बजेट बारे प्रतिक्रिया दिँदै बजेटमा सबै जिल्ला समेटिएकोमा भने उनले खुसी व्यक्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*