प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित

तु खबर संवाददाता
२०७७ जेष्ठ २८, बुधबार १७:२६
file-photo

काठमाडौँ । बुधबार भएको प्रतिनिधिसभाको बैठकबाट आगामी आव २०७७–०७८ को विनियोजन विधेयक (बजेट) बहुमतले पारित भएको छ ।

सरकारको तर्फबाट अर्थमन्त्रीले जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा पेस गरेको विनियोजन विधेयक (बजेट) प्रतिनिधिसभाबाट बहुमतले पारित भएको हो ।

प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री खतिवडाले विनियोजन विधेयक पारित गरियोस् भनेर प्रस्तुत गरेका थिए । जसमा नेकपाका सांसदहरूले पक्षमा मतदान गरे भने प्रमुख प्रतिपक्षी कांग्रेसलगायतका प्रतिपक्षी दलका सांसदहरूले विपक्षमा मत जाहेर गरेका थिए ।

आगामी आर्थिक वर्षका लागि अर्थमन्त्री खतिवडाले १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट पेस गरेका थिए ।

प्रतिनिधिसभाबाट पारित भएपछि बजेटमाथि राष्ट्रिय सभामा छलफल हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*