राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजदेखि अन्त्य

तु खबर संवाददाता
२०७७ पुष २६, आईतवार १४:१८
file-photo

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभाको हिउँदे अधिवेशन आजदेखि राष्ट्रपति विद्या भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

उक्त बैठकले आज राति १२ बजेबाट हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।

मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्ने भएपनि प्रधानमन्त्रीले आज आकस्मिक बैठक डाकेका थिए ।

आज बस्ने राष्ट्रिय सभाको बैठकमा थारु आयोगको प्रतिवेदन पेश गर्ने, विधायन समितिको प्रतिवेदन पेस गर्ने र प्रधानमन्त्री केपी शर्मा ओलीले संवोधन गर्ने कार्यसूची रहेको छ ।

राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयप्रति प्रचण्ड–नेपाल पक्ष नेकपा तथा नेपाली काँग्रेसका सांसदले बिरोध गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*