नेकपाले बोलायो सचिवालय बैठक
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले भोलि सोमबार सचिवालय बैठक बोलाएको छ ।
बैठक भोलि ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएको हो ।
उक्त बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल हुने बताइएको छ ।
