राष्ट्रिय गौरवको आयोजना थपियो

तु खबर संवाददाता
२०७७ जेष्ठ १५,बिहीबार १७:३८

मकवानपुर ।  सरकारले महाकाली सिंचाई आयोजनालाई राष्ट्रिय गौरव आयोजनाको सूचीमा राखेको छ ।

यसका लागि १० अर्ब विनियोजन गरिएको बिहीबारको बजेट भाषणमा अर्थमन्त्री युवराज खतिवडाले बताए ।

यसअघि २३ वटा राष्ट्रिय गौरवका आयोजना थिए । अर्थमन्त्रीले राष्ट्रिय गौरवको आयोजनामा महाकाली सिंचाई आयोजना पनि थपिएको बताएसँगै यो संख्या २४ पुगेको छ ।

यस्तै सुनकोशी मरिन डाइभर्सनका लागि २ अर्ब ४६ करोड बजेट छुट्याइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*