मोबाइल भिडियोका कारण २ युवतीको हत्या

एजेन्सी
२०७७ जेष्ठ ४, आईतवार १७:४०

काठमाडौं । पाकिस्तानमा इन्टरनेटमा व्यापक रूपमा प्रचारित एउटा भिडियोका कारण २ युवतीको हत्या भएको छ ।

उत्तर र दक्षिण वजिरिस्तानको दुर्गम आदिवासी जिल्लाका ती २ जनालाई गत साता आफ्नै परिवारका १ सदस्यले गोली हानेर हत्या गरेको बताइएको छ ।

प्रहरीका अनुसार २ युवतीको १ युवकसँगको छोटो भिडियो सामाजिक सञ्जालमा आएपछि उनीहरूको हत्या भएको हो ।
घटनाको अनुसन्धान गर्न प्रहरीको एउटा टोली सो ठाउँमा पठाइएको बताइएको छ।

पाकिस्तानी दैनिक पत्रिका डनले प्रहरीलाई उद्धृत गर्दै बिहीबार दिउँसो खैबर पख्तुनख्वाको शाम प्लेन गर्योम गाउँमा सो घटना भएको जनाएको छ ।

डनका अनुसार १६ र १८ वर्षका युवतीद्वयको हत्याको कारण १ युवकले ३ जना युवती देखिने गरी एकान्तस्थलमा लिएको एउटा सेल्फी भिडियो हो ।

प्रहरी अधिकृतले सो भिडियो १ वर्षअगाडि खिचिएको तर हालैका सातामा भाइरल भएको सो पत्रिकालाई बताएका छन् ।

ती अधिकृतले भने, ‘अहिलेका लागि अन्य कारबाहीभन्दा पनि हाम्रो प्राथमिकता तेस्रो युवती र ती युवकको जीवन जोगाउने हो ।’

ह्युमन राइट्स वाचले पाकिस्तानमा महिला र युवतीविरुद्धको हिंसा गम्भीर समस्याका रूपमा रहेको बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*