अमेरिकन आइडलमा नेपाली युवा गायक दिवेशले जित्ने सम्भावना !

तु खबर संवाददाता
२०७७ जेष्ठ ४,आईतवार १५:०५

काठमाडौं । अमेरिकन आइडलको फाइनल आइतबार साँझ हुने भएको छ ।

एबिसी, च्यानल १० बाट प्रसारण हुने उक्त सो अमेरिकी समयअनुसार साँझ ७ बज सुरु हुनेछ ।

आइतबारको फाइनल सुरु हुनासाथ ७ प्रतिस्पर्धीमध्ये २ जना बाहिरिनेछन् र बाँकी रहेका गायक–गायिकाले दुई वटा गीत प्रस्तुत गर्नेछन् ।

उक्त सो मा नेपाली लोकप्रिय युवा गायक आर्थर गन’ उर्फ दिवेश पोखरेल सहभागी सहभागी छन् । उनी आइतबारको फाइनलमा प्रवेश गर्ला की नगर्ला भनेर उनका क्यानहरु उत्साहित भएका छन् ।

दिवेशले विश्वचर्चित आइडलका ३ वटै विश्वविख्यात गायक–गायिकाहरुको मन जितेका छन् । विश्वभरका फ्यानहरुले पनि उनलाई भोटको वर्षा गरिरहेको छ । धेरै अनलाईन सर्वेक्षणले दिवेश उत्कृष्ट पाँचभित्र पर्ने र सम्भवत उनले नै आइडल जित्ने अड्कल लगाएका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*