अमेरिकन आइडलको उपविजेता बने दिवेश पोखरेल
काठमाडौं । नेपाली युवा गायक दिवेश पोखरेल अमेरिकन आइडलको उपविजेता बनेका छन् ।
आज भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा दिवेश आइडलका उपविजेता बनेका हुन् ।
अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली हुन् ।
गायन रियालिटी शो अमेरिकन आइडलको उपाधि जस्ट सामले जितेकी छिन् ।
