नेपाली युवा अमेरिकन आइडलको उत्कृष्ठ १० मा
काठमाडौँ । अमेरिकाको प्रख्यात गायत रियालिटी सो अमेरिकन आइडलको उत्कृष्ठ १० मा नेपाली युवा दिवेश पोखरेल पर्न सफल भएका छन् ।
जोन डेनभरको चर्चित गीत ‘कन्ट्री रोड’ गाउँदै उनले टप १० मा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।
अमेरिकन आइडलको अडिसनदेखि नै दिवेशले निर्णायकहरुको तारिफ पाउँदै आएका थिए । त्यो क्रम अहिलेसम्म जारी छ ।
उनलाई टप ५ को दावेदारका रुपमा हेरिएको छ । अमेरिकन आइडलमा उनले आफूलाई ‘अर्थर गन’ नामले चिनाएका छन् ।
