अमेरिकन आइडलको फाइनलमा प्रवेश गरे दिवेश पोखरेल
नेपाली गायक दिवेश पोखरेल अमेरिकन आइडलको फाइनलमा प्रवेश गरेका छन् ।
एबिसी, च्यानल १० बाट प्रसारण हुने उक्त सो अमेरिकी समयअनुसार साँझ ७ बज सुरु भएको थियो । कार्यक्रम सुरु भएलगत्तै दिवेश अमेरिकन आइडलको फाइनलमा प्रवेश गरेका हुन् ।
दिवेशलाई अब अमेरिकन आइडल बन्नका लागि भोटिङको खाँचो छ । आजको भोटिङ रियल टाइम भोटिङ हो जुन सुरु भइसकेको छ ।
भोटिङ टेक्स्ट मेसेज, वेवसाइट र अमेरिकन आइडलको एप्लीकेशनबाट गर्न सकिनेछ भने एक जनाले ३० पटकसम्म भोट गर्न सकिन्छ ।
दिवेशको प्रतियोगी नम्बर १६ टाइप गरेर २१५२३ मा टेक्स्ट मेसेज गर्न सकिनेछ । यसरी १० पटकसम्म मेसेज पठाएर भोट गर्न सकिनेछ ।
