लिम्पियाधुरासहितको नक्सा जारी गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरासहितको नेपालको नक्सा जारी गर्ने प्रतिबद्धता जनाएका छन् ।
शुक्रबार बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा उनले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा जारी गर्ने प्रतिबद्धता जनाएका हुन् ।
बैठकमा भारतले नेपाली भूमिमा मनपरी गरिराख्ने तर नेपालचाहिँ चुप लागेर बसिराख्ने ? भन्दै नेताहरुले आपत्ति जनाएपछि प्रधानमन्त्रीले तत्कालै नक्सा जारी गर्ने प्रतिबद्धता जनाएका हुन् ।
