नेपाली युवा दिवेश अमेरिकन आइडलको उत्कृष्ठ ७ मा पर्न सफल
काठमाडौं । अमेरिकाको प्रख्यात गायत रियालिटी सो अमेरिकन आइडलको उत्कृष्ठ ७ मा नेपाली युवा दिवेश पोखरेल पर्न सफल भएका छन् ।
आइतबार डिज्नेको ‘लिटल मर्मेड’ को ‘किस द गर्ल’ गीत गाउँदै उनले टप ७ मा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।
अमेरिकन आइडलको अडिसनदेखि नै दिवेशले निर्णायकहरुको तारिफ पाउँदै आएका थिए । त्यो क्रम अहिलेसम्म जारी छ ।
अमेरिकन आइडलले प्रतिस्पर्धीलाई एसएमएस, आइडलको वेभसाइट र एप डाउनलोड गरेर भोट गर्न सकिने व्यवस्था गरेको छ । दिवेशको भोटिङ कोड १६ रहेको छ ।
३ वटा माध्यमबाट १ जनाले प्रतिस्पर्धीलाई १०–१० पटक गरेर ३० भोट गर्न सकिने व्यवस्था गरिएको छ ।
दिवेश हाल अमेरिकाको क्यान्सस राज्यको विचिटामा बसोबास गर्दै आइरहेका छन् ।
