पाकिस्तानले गर्‍यो शनिबारदेखि लकडाउन हटाउने निर्णय

एजेन्सी
२०७७ बैशाख २६,शुक्रबार ०९:५६

पाकिस्तानले कोरोनाभाइरसका संक्रमितमा भइरहेको लगातार वृद्धिका बाबजुद् आउने शनिबारदेखि लकडाउन हटाउने निर्णय गरेको छ।

बिहीबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री इमरान खानले नागरिकहरूलाई दुस्ख भएको भन्दै लकडाउन हटाउने निर्णय गरिएको बताएका छन्।

घरबाट निस्किने हरेक नागरिक, सञ्चालन हुने पेसा व्यवसाय र उद्योगले निश्चित मापदण्ड पालना गर्नुपर्ने, त्यस्तो नगरी कोरोनाभाइरसका संक्रमित ह्वात्तै बढे फेरि लकडाउन हुने बताएका छन्।

उनले हरेक पाकिस्तानीलाई आफ्नो जिम्मेवारी दृढताका साथ पूरा गर्न पनि आग्रह गरेका छन्।

लकडाउन खुले पनि सार्वजनिक यातायात, हवाई र रेल सेवा बन्द नै रहनेछन् भने विद्यालय पनि जुलाई १५ सम्म बिदा हुनेछन्।

समाचारपत्र द डनका अनुसार पाकिस्तानमा बिहीबारसम्म २४ हजार ६ सय ४८ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ भने ५८५ जनाको मृत्यु भएको छ।

पाकिस्तानमा सबैभन्दा धेरै संक्रमित पञ्जाब र सिन्ध प्रान्तमा छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*