नेकपा स्थायी कमिटी बैठक भोलि बस्ने

तु खबर संवाददाता
२०७७ बैशाख २४, बुधबार १८:०५
file-photo

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक भोली बिहीबार बस्ने भएको छ ।

स्थायी कमिटी बैठक पार्टी कार्यालय धुम्बाराहीमा भोली विहान ११ बजे बस्ने भएको हो ।

बुधबार बिहान अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच भएको छलफलपछि बैठकको तय भएको हो ।

भोली बस्ने बैठकका एजेण्डा र प्रस्तावमाथि छलफल गर्न नेकपा सचिवालय बैठक बालुवाटारमा बसिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*