सरकारका सल्लाहकारले नै उल्लंघन गरे लकडाउनको नियम, दिए राजिनामा

एजेन्सी
२०७७ बैशाख २४, बुधबार ०९:२७

बेलायतमा लकडाउन सिफारिस गर्ने प्राध्यापक नील फर्गुसनले आफैंले सामाजिक दुरीको नियम पालना नगरेको भन्दै पदबाट राजीनामा दिएका छन् । उनी कोरोना नियन्त्रणसम्बन्धी बेलायती सरकारका प्रमुख सल्लाहकार हुन् ।

आफ्नो राजीनामामा उनले भनेका छन्, ‘मैले गल्ती गरेको स्वीकार गर्छु । यसकारण म आफ्नो पदबाट राजीनामा दिँदैछु । कोरोना नियन्त्रणका लागि सामाजिक दुरी कायम गर्नुपर्ने जुन स्पष्ट सन्देश दिइएको छ । मैले त्यसको पालना गर्न सकिनँ ।’

लण्डनको डेली टेलिग्राफ पत्रिकामा छापिएको रिपोर्टमा प्राध्यापक नील फर्गुसनले एक महिलालाई आफ्नो नजिक आउन दिएको र त्यो सामाजिक दुरी कायम गर्ने नियमको उल्लंघन भएको उल्लेख छ ।

उनी सेन्टर फर ग्लोबल इन्फेक्सन डिजिज एजालिसिसका निर्देशक हुन् । यो संस्थाले सरकार र विश्व स्वास्थ्य संगठनलाई अफ्रिकामा इबोलादेखि लिएर हाल रहेको कोरोना भाइरसबारे समेत सल्लाह दिँदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*