हेटौँडा औद्योगिक क्षेत्र लकडाउनको चपेटामा

तु खबर संवाददाता
२०७७ बैशाख २३,मंगलवार १५:०२

 

मकवानपुर । कोरोना भाइरसको संक्रमणको जोखिमका कारण देशैभर लकडाउन गरिएको अवस्थामा बागमती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा औधागिक क्षेत्रका उद्योगहरु पूर्ण रुपमा संचालनमा आउन सकेका छैनन् ।

औद्योगिक क्षेत्रमा लकडाउन पूर्व १ सय ११ वटा उद्योग संचालनमा थिए । त्यसमध्ये अहिले २५ वटा उद्योगमात्रै संचालनमा रहेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख राजेन्द्र प्रसाद कँडेलले जानकारी दिए ।

उनका अनुसार संचालनमा रहेका उद्योगहरुले पनि उत्पादन क्षमताभन्दा निकै कम उत्पादन गरिरहेका छन् । लकडाउनको कारण कच्चा पदार्थ ल्याउन समस्या भएको, मजदुरहरुलाई आवात जावतमा समस्या भएको र उत्पादित बस्तुले बजार नपाउने भएकाले अतिआवश्यक बस्तु उत्पादन गर्ने बाहेक अन्य उद्योग पूर्ण रुपमा बन्द अवस्थामा रहेको उनको भनाई छ ।

औद्योगिक क्षेत्रमा हाल ४ हजार ४ सय मजदुर र व्यवस्थापन कार्यको लागि ४० जना जनशक्ति आबद्ध छन् । सो क्षेत्रमा निजी क्षेत्रको ५ अर्ब ५० करोड र सरकारी क्षेत्रको ९० करोड लगानी छ ।

तु खबरले हेटौँडा औधोगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख राजेन्द्र प्रसाद कँडेलसंग गरेको भिडियो कुराकानी हेर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*