रोल्पा बम विस्फोटको घटना अनुसन्धान गर्न काँग्रेसको माग

तु खबर संवाददाता
२०७७ बैशाख १९,शुक्रबार १४:१५

काठमाडौं । नेपाली काँग्रेसले रोल्पामा बम विस्फोट भएर ४ बालबालिकाको मृत्यु भएको घटनाको अनुसन्धान गर्न सरकारसँग माग गरेको छ ।

बिहीबार रोल्पाको त्रिवेणी गाउँपालिकामा बेबारिसे बम खेलाउँदा ४ बालबालिकाको मृत्यु भएको थियो । काँग्रेसले उक्त घटनाको अनुसन्धान गरि दोषीलाई कडा कारबार्हीको माग गरेको हो ।

‘नेपाली कांग्रेस यो घटनाको गहिरो अनुसन्धान गर्न सरकार समक्ष माग गर्दछ । जहाँ कहिँ पनि होलान् यस्ता बेवारिसे अवस्थाका बमलाई खोज अनुसन्धान गरेर निष्क्रिय पारी नागरिक जीवनलाई सुरक्षित गर्ने कर्तव्यमा गम्भीर बन्न नेपाली कांग्रेस नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु प्रवक्ता विवप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*