रुसी प्रधानमन्त्रीलाई कोरोना संक्रमण
रुसी प्रधानमन्त्री मिखाइल मिशुस्तिनलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । रुसमा एकैदिन ७ हजार ९९ जनामा संक्रमण देखिकैदिन प्रधानमन्त्री मिशुस्तिनलाई पनि संक्रमण देखिएको हो ।
संक्रमण देखिएसँगै रुसी प्रधानमन्त्री मिशुस्तिन अस्पताल भर्ना भएका छन् । रुसमा कोरोना संक्रमण भएका पहिला वरिष्ठ अधिकारी हुन्।
गत जनवरीमा प्रधानमन्त्री भएका उनी यतिखेर कोरोना महामारी नियन्त्रणका लागि सक्रिय छन् । उनी अस्पताल भर्ना भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रथम उपप्रधानमन्त्री एन्द्रेई बेलुसोभलाई दिइएको छ।
राष्ट्रपति पुटिनले भिडियो कलका क्रममा प्रधानमन्त्री मिशुस्तिन निकै सक्रिय व्यक्ति भएको भन्दै धन्यवाद दिएका थिए।
रुसमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ भने हालसम्म १ हजार ७३ जनाको मृत्यु भएको छ । एजेन्सी
