मकवानपुर उद्योग वाणिज्य संघका सचिव काब्यमणि अधिकारीको चामलको गोदाममा सिल

तु खबर संवाददाता
२०७७ बैशाख १८,बिहीबार १०:१८

मकवानपुर, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सम्मिलित बजार अनुगमन टोलीले हेटौंडा उपमहानगरपालिका वडा नं. २ प्रभाकरपथमा रहेको मणि खाद्यन्न सेन्टरको एउटा वटा गोदाममा सिल गरेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख सोमकान्त रिजाल, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गुणराज प्रसाद न्यौपाने, उपभोक्ता हीत संरक्षण मञ्चका अध्यक्ष बासु खतिवडालगायतका टोलीले सो सेन्टरमा सिल लगाएको हो ।

हेर्नुहोस् समाचार

जगत ब्राण्डको २५ केजीको चामलको बोरा जोखेर हेर्दा सो बोरामा आधा किलोसम्म तौल कम भएको पाइएको थियो ।

अनुगमन टोलीले ६ वटा बोरामा नमूना तौल गरेको थियो । ६ वटै बोरामा आधा किलोसम्म तौल कम भेटिएको हो ।

तौल कम भेटिएपछि सो सेन्टरमा सिल गर्ने तयारी अनुगमन समितिको थियो । तर, प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले विक्री हुने पसलमा सिल लगाउन नदिएपछि एउटा मात्रै सटरमा सिल गरियो ।

मकवानपुर उद्योग बाणिज्य संघका सचिव समेत रहेका सो सेन्टरका संचालक काब्यमणि अधिकारीले मुसाले बोरा खाएपछि पुनः सिलाई गरिएको बयान टोलीलाई दिएका थिए ।

मकवानपुरका सीडीओ नेपालले नै सिल लगाउन रोकेपछि अनुगमन टोली निरीह भयो, तै पनि ५ वटा गोदाम मध्ये एउटा गोदाममा सिल गरियो, उपभोक्तकर्मी बासु खतिवडाले तु खबरलाई जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*