मकवानपुरमा उद्दार गरी ल्याइएका विपन्न परिवारलाई राहत वितरण
मकवानपुर । विभिन्न जिल्लामा मजदुरी गरेर फर्किएका ८ हजार ६ सय १७ परिवारलाई राहत वितरणको कार्य आज विहानैबाट थालिएको जिल्ला समन्वय समिति मकवानपुरले जनाएको छ ।
सम्बन्धित गाउँपालिका र नगरपालिकाले उद्दार गरेर ल्याएका ती परिवारहरुलाई दैनिक जीवन निर्बाह गर्न समस्या हुनेभएपछि राहत वितरण गरिएको समितिकाले जनाएको छ ।
राहतको प्याकेटमा परिवार संख्याको आधारमा चामल ५ केजीदेखि ३० केजीसम्म , दाल २ केजीदेखि ४ केजीसम्म , नुन २ प्याकेट, तेल १ प्याकेट, चिनि, तरकारी र साबुन उपलब्ध गराइएको छ ।
